साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीमा बसेका नयाँ मान्छे

​गरेका छन् कि कसम पूरा ? सोध्लान् ती रित्ता थालले तारे होटलका थालमा बल्ने दियो हुन् नयाँ मान्छे ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

​कसम खाएर कुर्सीमा बसेका छन् नयाँ मान्छे
पुरानै रोगका ताजा भरोसा हुन् नयाँ मान्छे ।

​लगाए शपथको माला, भिरे पदको नयाँ चस्मा
अहो ! यो देशकै चम्किला ऐना हुन् नयाँ मान्छे ।

​नमेटिँदै ती हातका छाप, बदलिएका छन् शैली
भोलि बिर्सने बाचाको एउटा पाना हुन् नयाँ मान्छे ।

​सदनमा छिरेपछि हेर्नु, कस्ता “गुल” फुलाउँछन्
जनताको भोक बिर्साउने बाजा हुन् नयाँ मान्छे ।

​गरेका छन् कि कसम पूरा ? सोध्लान् ती रित्ता थालले
तारे होटलका थालमा बल्ने दियो हुन् नयाँ मान्छे ।

०००
सिर्जनाकुटी, गोलबजार, सिरहा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x