साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्व-नियन्त्रित

उसले ट्याबलेट खोल्यो । लेख्न शुरू गर्यो । तर सामाजिक पानामा पोस्ट गरेन । कागजमा छाप्यो । उसलाई थाह छ, 'कागज पढिन्छ । र पढ्ने व्यक्ति असामाजिक हुँदैन ।'

Nepal Telecom ad

लक्ष्मीप्रसाद पौडेल :

आज उसले आफ्नो मोबाइल, ट्याबलेट केही खोलेन । केही लेखेन । सधैंजसो बिहान चिया चिसिँदासम्म स्क्रोल गर्ने बानी थियो । आज चिया चिसिन त दियो तर आँखा कतै दौडाएन । हिजो राति उसको यथार्थ प्रस्तुतिमाथि कसैले लेखेको थियो । “तँलाई पनि बौद्धिकता देखाउने रोग लागेको छ । कुन दिन फेला पर्छस् ।” त्यसको तल हाँसो र क्रोधका इमोजीहरू थिए । धेरै, तुरुन्तै, एकसाथ, मानौँ एक हुल सत्यको अन्त्येष्टि गर्न तयार छन् ।

उसले केही लेख्न खोजेको थियो । समाजबारे, जिम्मेवारीबारे, शब्दको मर्यादाबारे। तर प्रतिक्रियाहरू शब्दभन्दा छिटो आए । र अर्थभन्दा गहिरो चोट दिए ।

उसले पहिलोपटक महसुस गर्‍यो । यो समयमा तर्कले जितिँदैन । यहाँ आवाजले जितिरहेछ । र आवाज पनि त्यो, जसले पढ्दैन । सोच्दैन । केवल चिच्याउँछ ।

उसले चिसिन लागेको चिया तनक्क पियो । र सोच्यो, ‘म किन चुप लागिरहेछु । के यो चुप्पी अदृश्य डरको हो ? या लेखकीय पराजयको ?’

उसले आफैंलाई प्रश्न सोध्यो, “म के बचाइरहेछु ?”

उसको भित्रको सानो आवाजले भन्यो, “आफ्नो संवेदना जोगाऊ, यो नै अन्तिम किल्ला होइन ।”

उसले ट्याबलेट खोल्यो । लेख्न शुरू गर्यो । तर सामाजिक पानामा पोस्ट गरेन । कागजमा छाप्यो । उसलाई थाह छ, ‘कागज पढिन्छ । र पढ्ने व्यक्ति असामाजिक हुँदैन ।’

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जीवन दाहालको लघुकथा ‘धन्दा’मा व्यङ्ग्य चेत

जीवन दाहालको लघुकथा ‘धन्दा’मा...

लक्ष्मीप्रसाद पाैडेल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x