साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुमा सरह नै हुन् कर्मदाता पनि

सासूका बिच वैरभाव रहँदा श्रीमान् रमुन् के गरी ? नौलो यो परिवार बन्न मुरली प्रेमालु होऊ परी आफ्नो इज्जत बढ्छ मान्यवरमा सद्भाव राख्ता अनि माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।

Nepal Telecom ad

कविराज घिमिरे :

सासू शब्द घृणा गरी कति वधू हैरान पार्छन् यहाँ
हुन्छन् दूर हतासिँदै निकटमा जो बस्नुपर्थ्यो त्यहाँ
सासू दौलथ हुन् हरेक पलकी सत्सिर्जनाकी धनी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।। १

पार्षद् हुन् जननी प्रिया अनुभवी सन्तानकी सारथी
आभा हुन् घरकी प्रदीप्त रहने सम्मानकी भारती
पार्दै छिन् हरकाल पुत्र तनया सौन्दर्यका आँगनी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।। २

ए ! छोरी अब जान्नुपर्छ सबले सासू हुँदैनन् खुनी
आमा सम्झ हितार्थकी भगवती बन्छिन् सदा सद्गुणी
तिम्रोलागि हरेकपल्ट यिनले डोको फटाइन् गनी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।। ३

झस्किन्छ्‌यौ किन आज भाव नबुझी तिम्रै भलोखातिर
सम्झाईकन साँझ रात खटिँदा ठान्छ्यौ वृथा जन्जिर
देख्छ्‌यौ भिन्न कता सहोदर मुमा भन्दा नजाती तिमी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।। ४

सासूका बिच वैरभाव रहँदा श्रीमान् रमुन् के गरी ?
नौलो यो परिवार बन्न मुरली प्रेमालु होऊ परी
आफ्नो इज्जत बढ्छ मान्यवरमा सद्भाव राख्ता अनि
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x