साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमा खुसी फुलोस्…

दृश्य छन् हिमालका समस्त फाँटफाँटमा लम्किँदै छ सूर्यको विशेष तेज खाँचमा ताप वा चिसो दुवै समानता मिलाउँदा वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।

Nepal Telecom ad

कविराज घिमिरे :

वृक्षका मुना खुले झुले रमेर पल्लवी
पर्नथाल्छ बोटमा चढेर मक्ख वल्लरी
क्या मजा छ सृष्टिको सुवोध दिन्छ छाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।। १

रोग राग तिर्सना हटी वसन्त मोहले
मार्ग खुल्छ रुद्ध जो अशक्त छन् प्रमोहले
दिक्क झन्झटीपना मिलेर सल्बलाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।। २

वृद्ध चाहना बढुन् विरक्त भाव दूर हुन्
एकलो हुने व्यथा सखी मिली सुदूर हुन्
कोइली मिठो गरी मिठास गान गाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।। ३

झ्याप्प छन् गुराँसका विचित्र मोहनी कला
लाल श्वेत रङ्गले जुटी जवानका बला
मिल्न थाल्छ दौँतरी यताउता डुलाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।। ४

दृश्य छन् हिमालका समस्त फाँटफाँटमा
लम्किँदै छ सूर्यको विशेष तेज खाँचमा
ताप वा चिसो दुवै समानता मिलाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x