पुरूषाेत्तम सिग्देलहाेसले ब्यूझिऊन् कान थुन्नेहरू
काङ्गडा वीर पुर्खा र टिस्टा उता पाइला साेच साेच्न सक्नेहरू घ्यू पिए वंशले हात सुङ् भन्दछाै वीरता शूरता खाेज खाेज्नेहरू ।

पुरूषाेत्तम सिग्देल :
लेखनी चल्दछन् लेख लेख्नेहरू
घाेर अन्याय याे देख देख्नेहरू
मूर्छना देश दुख्ता उठेमा कतै
दुर्दशा उग्रका छेक छेक्नेहरू
नैतिकी शिक्षका सूत्र चल्थे अघि
हाेसले ब्यूझिऊन् कान थुन्नेहरू
वैभवै गुप्तले जाेड्न खप्पीस छन्
शत्रु सन्देशका गान सुन्नेहरू
धून लठ्याउने बज्दछन् डम्मरु
बन्दरू नाचकाे ताल नाच्नेहरू
झस्कियून् खाेलियून् मन्त्रणा शत्रुकाे
मन्त्र अाैजारले जाल भाँच्नेहरू
काङ्गडा वीर पुर्खा र टिस्टा उता
पाइला साेच साेच्न सक्नेहरू
घ्यू पिए वंशले हात सुङ् भन्दछाै
वीरता शूरता खाेज खाेज्नेहरू
रक्त पानी भयाे स्वप्न मात्रै रह्याे
ऐतिहासी कथा जाेड जाेड्नेहरू
गद्य वा पद्य हुन् चुड्किला वा कथा
जाेसिला भावमा माेड माेड्नेहरू ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































