साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मस्यौदा तयारी

सुदामा छँदैछन् बनैमा बसेका पुकारा सुनाए दुखैमा फसेका गरेको त भान्सा पराया भकारी रूचेको कुराको मस्यौदा तयारी ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

गराएछ कस्ले मस्यौदा तयारी
घरैकी ति रानी बनैमा सवारी

घरैको कुराले छ चर्चा चलेको
नपुग्ने कुरामा छ दागा धरेको
चलाएछ कस्ले ठुलाको सवारी
गराएछ कस्ले मस्यौदा तयारी

कुरा नै कुराको अनेकौ तमासा
जता जे परोस् है धनीकै घमासा
छँदै रामबाबा कुरैले बिगारी
मिचेको सिमाना मस्यौदा तयारी

सुदामा छँदैछन् बनैमा बसेका
पुकारा सुनाए दुखैमा फसेका
गरेको त भान्सा पराया भकारी
रूचेको कुराको मस्यौदा तयारी

भएको फुटाए खुसी रे जुटेमा
दिलाए कि माफी जवानी लुटेमा
कमाऊ रमाऊ छ चौका तयारी
छ राज्यै खुसीमा मस्यौदा तयारी ।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
सरकार र तरबार

सरकार र तरबार

बिनुबाबा घिमिरे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x