साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाल्यकालको नयाँ वर्ष

तैपनि मनभरी भावविभोर हुँदै दिनैपर्छ शुभकामनाहरू, बरू परेवा उडाइदिउँ गुच्चाहरू गुडाइदिउँ सबैलाई आफ्नै बाल्यकाल सम्झाइदिउँ ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

भर्जिनियाबाट उडेर भाजँङ्गल तिर लागेपछि
इरानबाट उडेर इलामतिर लागेपछि
अझै मन छटपटिएकै छ
नेपालमा नयाँ वर्ष लागेपछि

आशीर्दवादहरूसँगै विवेकहरू पनि आइरहुन्
आशीर्वादहरूसँगै संयोगहरू पनि आइरहुन्
सु-संयोगहरू, सुकिला मुकिला आँटहरू
छताछुल्ल सुनै सुनले नेपाल हँसाइरहुन्

चन्द्रमालाई थाल मानेर भात खाएको छु मैले
सूर्य हेर्दा र्याल काढेर आकाशिएको छु मैले
बाको पालामा डालोको मकैले नयाँ वर्ष मान्यौँ
डालोभरी कमाए पनि खानै पुग्दैन अहिले

अब नाति नातिनाहरू कसरी बाँच्छन् होला
सम्धी सम्धिनाहरूलाइ दिने टुक्रो सुन छैन
खोइ के खुसीले
सम्धी सम्धीनालाईहसाउँने होला

तैपनि मनभरी भावविभोर हुँदै
दिनैपर्छ शुभकामनाहरू,
बरू परेवा उडाइदिउँ
गुच्चाहरू गुडाइदिउँ
सबैलाई आफ्नै बाल्यकाल सम्झाइदिउँ
डण्डिबियो घ्वाईंकासा खेलाइदिउँ

यस्तै थिए हाम्रा बाल्यकाल
अनि नयाँ वर्षहरू ।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
सरकार र तरबार

सरकार र तरबार

बिनुबाबा घिमिरे
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x