साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो वर्ष नयाँ कुँदेर सपना

आकाङ्क्षा चुलिए विकास तुहुँदा हाम्रा विगतमा त्यस्तो वर्ष नहोस् नवीन अहिले बढ्दै स्वगतमा हुन् कर्मादि नयाँ नयाँ अझ नयाँ नास्तै अब ढिलो आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।।

Nepal Telecom ad

कविराज घिमिरे :

डोकाको जग नै भयो थङथिलो टुक्रेर बरियो
खेप्यो विघ्न सह्यो मऱ्यो छिनछिनै बौरेर छरियो
नेपाली मुटुमा बसोस् सकलमा फालेर धमिलो
आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।। १

आँधीले उधिनी समस्त ननिको झाऱ्यो तलतिर
छाओस् उर्वरले यताउति घुमी कुद्दै परतिर
आँधी ठप्प बनी सुशान्त मतिको होस् साल गतिलो
आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।। २

बढ्दा दम्भ कडा भऱ्याङ ठडियो आक्रोश चुलियो
सत्ताको मदले कठोर बनिदा निथ्रेर गुलियो
खल्लो स्वादविहीन भोजन हुँदा चाहेर चखिलो
आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।। ३

पालेका दलका थिए जखमले ठेगान गुमिँदा
बेहोसीसरि छन् समाप्त अहिले उद्दण्ड सकिँदा
बोक्तै छन् सपना तथापि पर छन् को ठान्छ गुनिलो ?
आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।। ४

आकाङ्क्षा चुलिए विकास तुहुँदा हाम्रा विगतमा
त्यस्तो वर्ष नहोस् नवीन अहिले बढ्दै स्वगतमा
हुन् कर्मादि नयाँ नयाँ अझ नयाँ नास्तै अब ढिलो
आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x