साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष

तर यस पटक त पक्कै तिमीले गरिब, निमुखाहरुको आँखामा खुशीको समुन्द्र ल्याइ ओतप्रोत गर्नेछौ भन्ने पूर्ण आशा लिएको छु ।

Nepal Telecom ad

किरण रिजाल (अन्जान) :

हुन त तिमी हाम्रो संस्कार नै भने पनि हुन्छ
आमा पट्टी वा बाबू पट्टीको जे भने पनि हुन्छ
हामी तिमीलाई आफ्नै साख्य ठान्छौँ र मान्छौँ
तिमी त वर्षमा बल्लतल्ल एकपटक आउँछौ

तर चिन्दै नचिनिने गरि आउँछौ
गुन्युम चोली पनि लाउन बिर्सिएछौ
दौरा सुरुवाल पनि चट्टै बिर्सिएछौ

ल हेर पहिरन छ्या छ्या छ्या
तिमीतिर त झन हेर्नै नहुने बनेर आउँछौ
तिमी त पुरै छाडा भएर आउँछौ

तिमीले त वर्षको एकदिन पक्कै
गुन्द्रुक, मकैको ढिँडोमा मोही हाली
स्वाम स्वाम पार्दै हामीसँग रमाइलो
गर्छौ सधैं लाग्ने गर्छ

तर, तिम्रो पाइला त महलमा पुगेर
थ्री स्टार, फाइब स्टार, सेभेन स्टार नाच्दै
मटन, चिकेन् तन्दुरी हुँदै
ब्रान्डेड वाइन, व्हिस्कीतिर आँखा जान्छन्

यसपालि पनि तिम्रो
कतिको पनि भरोसा लाग्दैन
तिमीलाई धेरै पटक भरोसा गरियो
कम्सेकम गरिबका झ्यालतिर
यसो चुस्स च्याउँदै आएको भए हुन्थ्यो

र पटक पटक धोका मात्र पाइयो
तिमीले त स्याल, हुँडार
अवसरवादी, स्वास्नीवादीहरुलाई
मात्र आफ्नो गन्तव्य सधैं रोज्याै
तर यस पटक त पक्कै
तिमीले गरिब, निमुखाहरुको आँखामा
खुशीको समुन्द्र ल्याइ ओतप्रोत
गर्नेछौ भन्ने पूर्ण आशा लिएको छु ।

जय होस् तिम्रो नयाँ वर्ष
जय होस् नेपालीको नयाँ वर्ष ।

०००
विराटनगर – १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x