सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच ठोक्तक

कौवाझै टौवामाथि बसेर भाषण दिनेहरू हो राहतको नाउँमा सडेका गलेका रासन दिनेहरू हो ए बुढा साँढेहरू कुन पाराले कृषि क्रान्ति गर्छु भन्छौ एकमुठी मल पुर्‍याउन पनि पचासौँ आश्वासन दिनेहरू हो ।

Nepal Telecom ad

किरण रिजाल ‘अन्जान’ :

१.
इमानदार श्रमजीवीलाई कालोमोसो दले पनि हुन्छ
सभ्यता र संस्कृतिलाई बुटको मुनि मले पनि हुन्छ
सोझासाझा जनतालाई अब बाँच्न कति गाह्रो भयो
गरि खान्छु भन्नेको हातखुट्टामा तरबार चले पनि हुन्छ ।

२.
धर्म कर्म संस्कृतिलाई रेटे पनि हुन्छ
खुट्टा भन्दा बरु टाउकाले टेके पनि हुन्छ
जस्तोसुकै गर्न पनि भ्याएकै छौ सरकार
गोरुलाई ठूलो खासी भन्दै कानुन लेखे पनि हुन्छ ।

३.
पञ्चामृत पनि भने जस्तो कहाँ शुद्ध पाइन्छ
जहाँ सिनो भेटिन्छ त्यहीँ पो गिद्घ पाइन्छ
स्वार्थको माथि स्वार्थ खप्टिएको यो जमानामा
जतिसुकै आराधना गरेपनि कहाँ बुद्घ पाइन्छ ।

४.
कौवाझै टौवामाथि बसेर भाषण दिनेहरू हो
राहतको नाउँमा सडेका गलेका रासन दिनेहरू हो
ए बुढा साँढेहरू कुन पाराले कृषि क्रान्ति गर्छु भन्छौ
एकमुठी मल पुर्‍याउन पनि पचासौँ आश्वासन दिनेहरू हो ।

५.
आफ्नो मात्र मनोमानी गर्नेको बुद्धि फिर्ला कैले
आफ्नै खेतमा आफैँ बीस छर्नेको बुद्धि फिर्ला कैले
आफू आफैमा आह्रिस गर्दै देशलाई भड्खालोमा पार्ने
विदेशीको थुक चाटी पेट भर्नेको बुद्धि फिर्ला कैले ।

०००
विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
चार ठोक्तक

चार ठोक्तक

किरण अन्जान
यहाँ के छैन ?

यहाँ के छैन ?

किरण अन्जान
बुढो कौवा

बुढो कौवा

किरण अन्जान
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी