साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

कौवाझै टौवामाथि बसेर भाषण दिनेहरू हो राहतको नाउँमा सडेका गलेका रासन दिनेहरू हो ए बुढा साँढेहरू कुन पाराले कृषि क्रान्ति गर्छु भन्छौ एकमुठी मल पुर्‍याउन पनि पचासौँ आश्वासन दिनेहरू हो ।

Nepal Telecom ad

किरण रिजाल ‘अन्जान’ :

१.
इमानदार श्रमजीवीलाई कालोमोसो दले पनि हुन्छ
सभ्यता र संस्कृतिलाई बुटको मुनि मले पनि हुन्छ
सोझासाझा जनतालाई अब बाँच्न कति गाह्रो भयो
गरि खान्छु भन्नेको हातखुट्टामा तरबार चले पनि हुन्छ ।

२.
धर्म कर्म संस्कृतिलाई रेटे पनि हुन्छ
खुट्टा भन्दा बरु टाउकाले टेके पनि हुन्छ
जस्तोसुकै गर्न पनि भ्याएकै छौ सरकार
गोरुलाई ठूलो खासी भन्दै कानुन लेखे पनि हुन्छ ।

३.
पञ्चामृत पनि भने जस्तो कहाँ शुद्ध पाइन्छ
जहाँ सिनो भेटिन्छ त्यहीँ पो गिद्घ पाइन्छ
स्वार्थको माथि स्वार्थ खप्टिएको यो जमानामा
जतिसुकै आराधना गरेपनि कहाँ बुद्घ पाइन्छ ।

४.
कौवाझै टौवामाथि बसेर भाषण दिनेहरू हो
राहतको नाउँमा सडेका गलेका रासन दिनेहरू हो
ए बुढा साँढेहरू कुन पाराले कृषि क्रान्ति गर्छु भन्छौ
एकमुठी मल पुर्‍याउन पनि पचासौँ आश्वासन दिनेहरू हो ।

५.
आफ्नो मात्र मनोमानी गर्नेको बुद्धि फिर्ला कैले
आफ्नै खेतमा आफैँ बीस छर्नेको बुद्धि फिर्ला कैले
आफू आफैमा आह्रिस गर्दै देशलाई भड्खालोमा पार्ने
विदेशीको थुक चाटी पेट भर्नेको बुद्धि फिर्ला कैले ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x