साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साठी नाघियो, हिमाल बने केशहरू !!

लाग्दछ उराठ अहिले झस्कन्छ मेरो मन आँट छैन भर छैन अबता लाग्यो बुढ्यौली तन छन् छोरा नाति नातिना के खाउँ केलाउँछ मलाई ढल्कियो उमेर अब ता दुःख मन बस्छु जलाई ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

उमेरले नाघ्यो साठी हिमाल बन्यो केशहरू
आखाका भावहरूले छोड्दै गए निख्रा भए भेषहरू
कानका ध्वनिमा पनि पिरताप घट्दै गए तालहरू
देख्दामात्र तृष्ण छन् मेरा आँखाका छालहरू ।

लम्पट लिएर विस्तारमा पल्टियो जिउडाल सबै दुख्ने
शिथिल हुँदै गए अङगहरू नसा सबै सुक्ने ।
ज्यान थिए भारि बिसाउने शरीर थियो नि बल
आत्मीयता घट्दै गयो अहिले मनरुन्छ पलपल ।

देख्दा त छ शुन्दर मुहार मेरो हविगत ठम्मछ
मन मस्ती कमी कमजोरीले गर्दा दिल मेरा सम्म छ
खान मन भए पनि शिररमा खाउँ सास्ती हुनेछ
पुराना दिन सम्झिएर कता कता मन रुनेछ ।

लामो जीवन हुन्न रैछ छोडी जान पनि सकिएन
आफ्नो माया आफैसँग हितभाव राखिएन
उमेरका पाना गन्यो लेखा जोखा हुने छैन
अस्तित्व र हीनतामा आफु कहिल्यै लागिएन ।

लाग्दछ उराठ अहिले झस्कन्छ मेरो मन
आँट छैन भर छैन अबता लाग्यो बुढ्यौली तन
छन् छोरा नाति नातिना के खाउँ केलाउँछ मलाई
ढल्कियो उमेर अब ता दुःख मन बस्छु जलाई ।

दिन बित्छ हास र खेलमा रात बित्न गाह्रो भयो
मनसवै शिथिल भो ज्यान बोझा हुँदै गयो
नमर्न सकियो नगर्न सकियो मन मस्ति घट्दै गयो
सुख सयल भएर के गर्नु जीवनभार बढ्दै गयो ।

०००
बालकोट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x