विश्वनाथ ढुङ्गेलबुढ्याईं सङ्घर्ष
दुखसुख चुनाैतीमा घाँस दाउरा परालभारी उमेरकाे संझनाले माया थियाे वारि पारी।

विश्वनाथ ढुङ्गेल (नुन वाजे) :
म त जुज्दैछु । ईश्वर
बुढेशकाल सम्म पनि
आँसु पुछ्दैछु।
ढल्किगयाे जीवन
हात पाउ चल्दैन
चल्नहल्न सकिँदैन
कसैकाे साथ मिल्दैन ।
शरीरकाे बिडम्वना
सधैं आँसु झर्याछ
निर्दयी दैव मलाई
लैजा भन्नू पर्याछ ।
जीवनकाे बुढ्याैलीमा
रस रङ्ग नहुँदा
शिथिल हुन्छ जीवन मेराे
याेमनले संझि रुँदा ।
ढिकी जाँताे ऐँचाे पैँचाे
उमेरकाे थियाे खेल
अरु छाेडी मलाई लग
नगरन तिमीले झेल ।
कति पाप गरेँ मैले
मलाई थाहै छैन
बुढेशकालकाे जीवनअब
मलाई आहै हैन ।
पाेल्टाभरी फाँकाे पारी
मेलापात जाँदा
कतिमिठाे लाग्ने थियाे
साथि सङ्गी खाँदा ।
वयरकाे बाेटमुनि
शित्तलकाे थियाे वस्ती
कसाेगरी भुलुँ मैले
हिजाे आज हैन अस्ति ।
दुखसुख चुनाैतीमा
घाँस दाउरा परालभारी
उमेरकाे संझनाले
माया थियाे वारि पारी।
ईश्वरकाे कृपालाई
बिन्ती भाव थप्छु ।
अरु मेराे केही छैन
हरीनाम जप्छु ।।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































