साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाकाे संझना

आमाकाे सेवा गर्न अघि सर्नुछ मुख हेर्ने दिनकाे भर पर्नुछ । मातातिर्थ ओैंसी आज आमा पुज्नु छ ज्यूदैंमा सेवा गर्नु मात्र बुझ्नु छ ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

काेटी काेटी नमन गरी गर्छु वन्दन
आमा सधैं पियारी मेराे नमन ।१

हेरबिचार गर्नु पर्छ दीर्घ जीवन
सधैं आमा पियारी बुझाैं याे ज्ञान ।२

कहिल्यै पनि मायामा हुन्न आघात
जन्म दिने आमाकाे माया प्रगाड । ३

जन्म कर्म दिने तिमी आमा दम्पति
लवाई खुवाईमा माया सम्पति ।४

धर्मकर्म बुझेपछि माया भिर्नुछ
दुधकाे भारा संझि तिर्नुछ । ५

कर्म रुपि भावनामा भाग्य चाहिन्छ
हृदयभाव सेवा अनि पाइन्छ ।६

आमाकै काख पाेल्टाकाे झाेली भरेर
बढ्याैं हुर्क्याैं पढ्याैं नि दुख गरेर ।७

स्वच्छ भाव कर्म लिनु हाम्राे सामना
आमाकाे संझनामा शुभकामना ।८

भाेतिक शरीर छैन यहाँ हाम्रा साथमा
स्वर्गै जीवन दुख नहाेस् गाथमा ।९

रक्षा गर्याै तिमीले दुख गरेर
बृद्धावस्था सहारा भावी सम्झेर ।१०

सांझबिहान हाँसि खेलि बस्थ्याै पिँढीमा
छाेरा आयाे हाेला भनि हेर्थ्याै छिडींँमा ।११

सधै भरी आशा राख्थिन गरें वयान
मेलाे मेसाे थिएन तिम्राे नयन ।१२

ऋणभार तिर्नलाई सक्दिन आमा
गर्छु बिन्ती कामना यहि भावना ।१३

सम्झि राेई भन्थ्याैसधैं माया खस्केकाे
छाेराछाेरी संझेर मुटु,चस्केकाे ।१४

दुखि जनलाई सधैं भरी बाधा अड्चन
भन्थ्याै आमा मलाई हाेउ सज्जन ।१५

आमाकाे सेवा गर्न अघि सर्नुछ
मुख हेर्ने दिनकाे भर पर्नुछ ।१६

मातातिर्थ ओैंसी आज आमा पुज्नु छ
ज्यूदैंमा सेवा गर्नु मात्र बुझ्नु छ ।१७

ऋणभार बेहाेर्न कहाँ पाइन्छ
आमलाई माया गर्न भनग्य चाहिन्छ ।१८

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x