साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्छाैं पुकार

पापकाे भारी झुट्टा रहेछ थाहै नपाई जीवन गएछ। बुढा भएका बाबा र आमा खुसी तुल्याउ तिम्राे समाजमा ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

बलियाे हुँदा ढिकी र जाँताे
खाई अघाउने एकमुठी फाँकाे ।
साेचेका थियाैँ यस्तै पाे हाेला
बुढेस कालमा कहाँ मन राेला।१

लम्किन्थ्याे पाइला बलबुद्धि अर्कै
सन्तान माेहमा मायथ्याे घर्कै ।
टालेका लुगा फेरफार थिएन
बालापन हासाैँ दुख लिएन ।२

जवानीमा थियाैँ ससाना भुरा
चल्थ्याे दाैतरी मिलिजुली कुरा।
जवानी भए हिजाेका भुरा
कहाँ सुन्थे र अब हाम्रा कुरा ।३

छाेरा र छाेरी लाखा र पाखा
उमेर ढल्क्याे बदलियाे आँखा ।
वटुकाेकाे भात हातले खुवाई
बुढेस कालमा भयाे नि रुवाई ।४

चैतन्य चाेला फेरिँदै गयाे
दैवकाे लिला किन यस्ताे भयाे ।
स्वर्गै सरिथ्याे घर आँगन पिँडी
पाखुरी वल सहजले हिडीं।५

धानको भारी पानी पँधेराे
हाँसी खुसीमा भएन् अँधेराे ।
उमेर ढल्क्याे साेचाई फरक
गरेनाैँ कहिले तडक र भडक।६

गुणगान थियाे दाैँतरी हाम्राे
निर्मल घर पवित्र राम्राे ।
प्याराे बनियाे संसार देखाउने
खुसी भावमा काेरी लेखाउने ।७

बनी बस्याथ्याैँ राधा पियारी
हाँसी खुसीका बाधा सियारी ।
राेदन थिएन हाँसाे घरमा
माया ममता उनकै भरमा।८

नचल्छ पाउ नचल्छ हात
मात्र सङ्गिनी सहज छ साथ ।
ईश्वर संझि पर्खि बस्याछाैँ
ललाट खाेटी ब्यर्थै फस्याछाैँ ।९

पापकाे भारी झुट्टा रहेछ
थाहै नपाई जीवन गएछ।
बुढा भएका बाबा र आमा
खुसी तुल्याउ तिम्राे समाजमा ।१०

जपिरहेछाैँ हरेराम राम
गर्छाैं पुकार ईश्वरकै नाम।११

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
आमाकाे संझना

आमाकाे संझना

विश्वनाथ ढुङ्गेल
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x