साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्छाैं पुकार

पापकाे भारी झुट्टा रहेछ थाहै नपाई जीवन गएछ। बुढा भएका बाबा र आमा खुसी तुल्याउ तिम्राे समाजमा ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

बलियाे हुँदा ढिकी र जाँताे
खाई अघाउने एकमुठी फाँकाे ।
साेचेका थियाैँ यस्तै पाे हाेला
बुढेस कालमा कहाँ मन राेला।१

लम्किन्थ्याे पाइला बलबुद्धि अर्कै
सन्तान माेहमा मायथ्याे घर्कै ।
टालेका लुगा फेरफार थिएन
बालापन हासाैँ दुख लिएन ।२

जवानीमा थियाैँ ससाना भुरा
चल्थ्याे दाैतरी मिलिजुली कुरा।
जवानी भए हिजाेका भुरा
कहाँ सुन्थे र अब हाम्रा कुरा ।३

छाेरा र छाेरी लाखा र पाखा
उमेर ढल्क्याे बदलियाे आँखा ।
वटुकाेकाे भात हातले खुवाई
बुढेस कालमा भयाे नि रुवाई ।४

चैतन्य चाेला फेरिँदै गयाे
दैवकाे लिला किन यस्ताे भयाे ।
स्वर्गै सरिथ्याे घर आँगन पिँडी
पाखुरी वल सहजले हिडीं।५

धानको भारी पानी पँधेराे
हाँसी खुसीमा भएन् अँधेराे ।
उमेर ढल्क्याे साेचाई फरक
गरेनाैँ कहिले तडक र भडक।६

गुणगान थियाे दाैँतरी हाम्राे
निर्मल घर पवित्र राम्राे ।
प्याराे बनियाे संसार देखाउने
खुसी भावमा काेरी लेखाउने ।७

बनी बस्याथ्याैँ राधा पियारी
हाँसी खुसीका बाधा सियारी ।
राेदन थिएन हाँसाे घरमा
माया ममता उनकै भरमा।८

नचल्छ पाउ नचल्छ हात
मात्र सङ्गिनी सहज छ साथ ।
ईश्वर संझि पर्खि बस्याछाैँ
ललाट खाेटी ब्यर्थै फस्याछाैँ ।९

पापकाे भारी झुट्टा रहेछ
थाहै नपाई जीवन गएछ।
बुढा भएका बाबा र आमा
खुसी तुल्याउ तिम्राे समाजमा ।१०

जपिरहेछाैँ हरेराम राम
गर्छाैं पुकार ईश्वरकै नाम।११

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
आमाकाे संझना

आमाकाे संझना

विश्वनाथ ढुङ्गेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x