साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठका पुतली धन्य !

मिच्य‍ो भारतले सीमा शयौं ठाउँ, प्रमाण छन् कुरो चल्दा उसै गल्छन्, पन्छिन्छन् आलटालमा ।

Nepal Telecom ad

खाेलाघरे साहिँलाे :

नाच्छन् अन्यत्रका चम्चा,बज्दै बेढब हालमा
धराेधर्म लहै ! कालाे पाेतिने भाे हिमालमा !

जनता सपना देख्छन्, कोरल्छन् सपना- शिशु
डाँका निर्दाेष भै घुम्छन्, पर्दछन् साधु जालमा ।

खरायाे चालमा उफ्र्याे याे देश गणतन्त्रमा
बाध्य छन् सपना घाेट्न रैती कच्छप चालमा ।

भूकम्प, बाढीका पीडा बढ्दैछन् छैन राहत
जाडाे, गर्मी बितेको छ कालाे प्लास्टिक पालमा ।

मिच्य‍ो भारतले सीमा शयौं ठाउँ, प्रमाण छन्
कुरो चल्दा उसै गल्छन्, पन्छिन्छन् आलटालमा ।

वैशाखी अन्यकै टेकी फलाक्छन् गुणग्राहिता !
कीर्तिमानी ठुलै होला गुलामीका सवालमा !

काठका पुतली धन्य ! त्याे नियन्त्रित नर्तन
जाेसुकैले खिचाेस् धागाे नाच लाै भिन्न तालमा ।

०००
“पत्तासाफ” गजलसङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x