साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले

आफ्नो झोला सबैको उदर भरजुनी बोक्नुपर्नेछ, बोक्छन् जे छन् सम्पाद्य गर्दै यससँग यसकै मन्त्र वा स्तोत्र घोक्छन् मेरो आफैं म झोले नियतिवश हुने तोकिएको हुनाले भोलेको बन्नु झोले बरु उचित भनी ठान्छ खोलाघरेले !

Nepal Telecom ad

खाेलाघरे साहिंलाे :

सत्ताका चाकडीमा जिउहजुर गरी स्वार्थ साध्नेहरूले
बक्स्यो,गैस्यो रटेरै शिर नत हुनुमा गर्व गर्नेहरूले
चोरीस्यो माल आहा ! कुशलतम कला,बेश गर्सिन्छ आची !
भन्दै संस्कार झोले स्वपतन नबुझी थालिए आत्मघाती । १।

नेताका भ्रष्टचर्या अधिकतम बुझी स्वार्थकै लागि बिक्ने
जो हुन् माखा धपाई पछिपछि तिनकै मात्र तारीफ गर्ने
झोला बोक्ने तिनै हुन् क्रमसँग तिनको बन्छ संस्कार झोले
यी झोलेले गिजोले हितकर र भला नीति सारा बिथोले ।२।

ठूलो नेता भनेको पनि अझ गतिलो शक्तिको बन्छ झोले
लाई आफ्ना धुपौरे पछिपछि निमुखा बन्छ आफैं धुपौरे
यस्तै झोलेहरू हुन् जनक न जननी,देश चिन्दै नचिन्ने
कौडीमा आफु बिक्ने कलछलबलले चाप्लुसे झुण्ड किन्ने ।३।

झोला आफ्नै जुनीको अति जतन गरी बोक्छु धान्दैछु चोला
आजैका लागि बोकें नियत छ यति नै भोलि होला नहोला
भर्ने गोला,पिरोला,सकस,सुख,खुशी छन् नदी,सिन्धु खोला
रोजै भर्दोछु रित्तो छ तर दिनदिनै,यो दिगो भो झमेला ?।४।

साँच्चै हो यो खिचोला ? छ कि सबुत कुनै गर्छ कल्ले खिचोला?
नाफा घाटा मिलाई गणकसरि भई बस्छ को त्यो अबोला ?
झोले नै हो कि सारा मनुज र सबको वृत्ति ठेक्का छ झोला ?
“झोले” निर्क्यौलदाता निरुपक अब छन् मात्र कैलाशभोला ! ५।

आफ्नो झोला सबैको उदर भरजुनी बोक्नुपर्नेछ, बोक्छन्
जे छन् सम्पाद्य गर्दै यससँग यसकै मन्त्र वा स्तोत्र घोक्छन्
मेरो आफैं म झोले नियतिवश हुने तोकिएको हुनाले
भोलेको बन्नु झोले बरु उचित भनी ठान्छ खोलाघरेले !६।

००० 
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
काठका पुतली धन्य !

काठका पुतली धन्य !

खोलाघरे साहिँलोे
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x