जीवन ‘पीडित’ दाहालडिल
"हो ss मैले पनि हाम्रा पालाको आइ ए, अचेलको बाह्र कक्षा मात्र पढेकोले म पनि जेन्जी र काम पुरानै"-उनको उत्तर थियो ।

जीवन दाहाल :
लगभग २० वर्षपछि फेरि कँडेलजीसँग भेट भयो मालपोत कार्यालयको परिसरमा । हामीले पुरानो चिनजानको आधारमा हात मिलायौं औपचारिकता पूरा गर्न र मैले सोधें- अचेल चैं के गर्दै हुनुहुन्छ नि ?
“जेन्जी आन्दोलनमा संलग्न छु ।”
उनको यस कुराले मलाई अचम्ममा पार्यो र फेरि विगतमा पनि पुर्यायो-
पहिलोपटक हाम्रो भेट हुँदा त्यस्तै ४५-४८ वर्षका थिए होलान् उनी । चिटिक्क परेर लुगा लगाएका र जेल हो वा तेल लगाएर सपक्क पारेर पछाडि जुल्फी फर्काएका ।
कुरै कुरामा के गर्दै हुनुहुन्छ ? को उत्तरमा उनले भनेका थिए ” म अहिले वाइसीएलमा छु र मालपोत नापीतिर अनुगमन गर्छु ।”
कोही पत्रकार बनेर,कोही राष्ट्रिय अनुसन्धानको गुप्तचर हुँ भन्दै सके ठूला फाइलको डिल गर्ने र नसके लेखन दासलाई थर्काएर कर्मचारीसँग हप्ता असुली गर्छ्न् भनेको सुनेको थिएँ त्यस्तै मध्येका एउटा रहेछन् यिनी पनि भनेर अनुमान लगाएको थिएँ उस बेलामा ।
झल्याँस्स भएर वर्तमानमा फर्किएँ र सोधें-“तपाईं चैं कसरी जेन्जी हुनु भो नि, यो उमेरमा पनि ?”
“बाह्र कक्षासम्म पढ्ने जेन्जी हुन्छन् हैन त ?”-उनले प्रतिप्रश्न गरे ।
त्यसै त्यसै पनि हो ।
“हो ss मैले पनि हाम्रा पालाको आइ ए, अचेलको बाह्र कक्षा मात्र पढेकोले म पनि जेन्जी र काम पुरानै”-उनको उत्तर थियो ।
अनि मेरा मनमा प्रश्न उब्जियो; ललिता निवासको जग्गा, नेपाल ट्रस्ट्का जग्गा,गोकर्ण रिसोर्ट,होटल डेला अन्नपूर्ण र पतन्जलीका जस्ता जग्गा ५००-१००० रुपैयाँमा अर्काको लिखत बोकेर हिड्ने कुन लेखनदासको डिल गर्ने ह्याउ पुगेछ र पार लगाएछ ? अनि सरकार लेखनदासहरु माथी खनिएको होला ?”
०००
काठमाण्डौ ।
Subscribe
Login
0 Comments
Oldest







































