साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन बेखबर हुन्छ सरकार ?

भोका नाङ्गा पेटहरुलाइ गरिबिले गिज्याइरहेछ यहि माटोमा जन्मियेसी बाँच्ने रहर हुन्छ सरकार ! हाम्रो मेहनतको झुपडीले तिम्रो स्वरुप बिगार्यो ठिकै छ धनीहरुको मात्र सहर हुन्छ सरकार !

Nepal Telecom ad

सुदन लुइटेल :

गरिबको पीडामा किन बेखबर हुन्छ सरकार ?
घर नहुनेहरुको कहिले घर हुन्छ सरकार ?

एक टुक्रा जमिनको लोभले वर्षौं ढुकिरहे
दिनुपर्नेले नदियेसी कस्को भर हुन्छ सरकार !

बर्खा लाग्यो घरिघरि आउँछ बाढी पहिरो
पुरिन्छ कि बगिन्छ रातदिन डर हुन्छ सरकार !

भोका नाङ्गा पेटहरुलाइ गरिबिले गिज्याइरहेछ
यहि माटोमा जन्मियेसी बाँच्ने रहर हुन्छ सरकार !

हाम्रो मेहनतको झुपडीले तिम्रो स्वरुप बिगार्यो
ठिकै छ धनीहरुको मात्र सहर हुन्छ सरकार !

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
मुखमा बुजो लगाऊ

मुखमा बुजो लगाऊ

सुदन लुइटेल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x