साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्त मातृशक्तिमा

विभिन्न गेह बागकी, सुवास पुष्प हुन् मुमा । मिठास राग चालकी, अमूल्य वीज हुन् मुमा सुरम्य गान आसिका, मुमासुधा छ सम्झना समस्त मातृशक्तिमा, हजारलाख वन्दना ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल ”जस्ताधरे” :

अनेक श्रेष्ठ कर्म छन्, सशक्त मातृशक्तिका
कथा र तथ्य सत्य छन्, विभिन्न मातृभक्तिका ॥
पुकार गर्छु मेदिनी, गरेर नित्य साधना
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ॥ – १

असीम प्रेम पोख्दछिन् , मुमा सुता र पुत्रमा
नवीन मार्ग कोर्दछिन्, प्रदीप्त दिव्य सूत्रमा ॥
मुमा हियारसिन्धुमा, विशुद्ध हुन्छ भावना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ॥ – २

मनुष्यजाति ईशका, मुहान हुन् स्वयम् मुमा
गवाह बस्न सक्दछन्, धरा र सूर्य चन्द्रमा
अखण्ड हुन्छ सत्य जो, छ सर्वमान्य सिर्जना
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ।३

रमा उमा र देवकी, जया समान हुन् मुमा ।
छ भक्तिभाव मातृमा, भनी म पर्छु पाउमा ॥
खपेर भोक रोगको, सँभाल्दछिन् नि नन्दिना
समस्त मातृशक्तिमा, हजारलाख वन्दना । ४

अनेक विघ्न कष्टका, नदी तरेर हिँड्दछिन् ।
करोडलाख वेदना, खपेर भिड्न सक्दछिन्
म पुज्छु पूज्य मातरी, गरेर भव्य अर्चना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ॥ – ५

विभिन्न गेह बागकी, सुवास पुष्प हुन् मुमा ।
मिठास राग चालकी, अमूल्य वीज हुन् मुमा
सुरम्य गान आसिका, मुमासुधा छ सम्झना
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ।।६

०००
वि . न . पा . -४, बट्टार, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x