साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा पूज्य बुबामुमा …

राम्रा मौलिक सौम्य सिर्जनकला, पाका सधैँ रच्दछन् । आफ्ना सन्तति उच्च आचरणले, चल्ने गरून् भन्दछन् ॥ आफ्नो वंशपरम्परा चलनको, पाका मियो शक्ति हुन् । हाम्रा पूज्य बुबामुमा हृदयका, सर्वोच्च आधार हुन् ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’:

आफ्नै अङ्ग हियारझैँ नयनझैँ, सन्तान हुन् भन्दछन् ।
भोको पेट लिई हजार पिरका, पोका खुबै बोक्दछन् ॥
पाका सन्ततिका सह्यार विधिका, मानौँ कलाकार हुन् ।
हाम्रा पूज्य बुबामुमा हृदयका,सर्वोच्च आधार हुन् ॥ -१

बा आमा सब बाल शिष्यजनका, वात्सल्यका मूल हुन् ।
चोला मानिसको दिई जतनले, जन्माउने ईश हुन् ॥
आफ्ना चाह भुली कडा श्रम गरी, हुर्काउने प्यार हुन् ।
हाम्रा पूज्य बुबामुमा हृदयका, सर्वोच्च आधार हुन् ॥ -२

पाका ज्ञान र शिल्पका सगर हुन्, सत्कर्मका सार हुन् ।
वार्ता मेलमिलापका सहजका, सद्भावका दीप हुन् ॥
पाका चेतन तत्त्वका शिखर हुन्, मानौँ भला चन्द्र हुन् ।
हाम्रा पूज्य बुबामुमा हृदयका, सर्वोच्च आधार हुन् ॥ -३

उम्दा कृत्य सुमार्गका प्रगतिका, पाका बडा यार हुन् ।
साँचो दृष्टि सुधारका मिलनका, भोगाइका श्रेष्ठ हुन् ॥
वृद्धावृद्ध सुसभ्यका सुमनका, मानौँ कडा भक्त हुन् ।
हाम्रा पूज्य बुबामुमा हृदयका, सर्वोच्च आधार हुन् ॥ – ४

राम्रा मौलिक सौम्य सिर्जनकला, पाका सधैँ रच्दछन् ।
आफ्ना सन्तति उच्च आचरणले, चल्ने गरून् भन्दछन् ॥
आफ्नो वंशपरम्परा चलनको, पाका मियो शक्ति हुन् ।
हाम्रा पूज्य बुबामुमा हृदयका, सर्वोच्च आधार हुन् ॥ – ५

पुत्री पुत्र वधू समग्रजनमा, सन्देश फैलाउँछन् ।
फाट्छन् चन्द्र धरा भने पनि सधैँ,खाँटी कुरा बक्दछन् ॥
यस्ता मातृ पिता समाज घरका, मानौँ उँचा ताज हुन् ।
हाम्रा पूज्य बुबामुमा हृदयका, सर्वोच्च आधार हुन् ॥ – ६

०००
वि. न. पा. -४ , बट्टार, नुवाकोट !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x