साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधार ज्येष्ठको होस् साथी बनोस् समाज

पुर्खा सुकीर्ति गाई उठ्तै छ यो बिहान दीर्घायु साँच्नलाई लेखिन्छ संविधान फिर्ता निवास आऊन् वृद्धाश्रयी छ राज्य आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।

Nepal Telecom ad

झाँक्रीखाेले :

उद्योग खोलिएमा यी गाउँ छन् विशेष
छोडी विदेश आऊन् छोराहरू स्वदेश
सेवा बुढाबुढीको गर्दै गरून् विकास
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।१

वृद्धाश्रमी नपारून् आफन्त पूज्यलाई
सेवा दिऊन् घरैमा सत्कारले सजाई
बाजेबजू सबैका आदर्शपुञ्ज ताज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।२

दीर्घायु जीवनी होस् ऊर्जा दिने विशेष
जित्दै युवा चुनौती पाका बनून् रहस्य
ज्ञानी दिएर आँखा हर्षाश्रु रात साँझ
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ३

आफ्नो विमान छुट्ने यात्रा नहोस् जवानी
श्री पूज्य हुन् सुबिस्तै आरोग्य जिन्दगानी
योगा समाधि साध्वी तल्लीन गाउँमाझ
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।४

पुर्खा सुकीर्ति गाई उठ्तै छ यो बिहान
दीर्घायु साँच्नलाई लेखिन्छ संविधान
फिर्ता निवास आऊन् वृद्धाश्रयी छ राज्य
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।५

०००
२०८३।०६।०६
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x