साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचार पथका चेलाहरू हो सुन

माटो हात लिएर राष्ट्र शिरमा राखेर सन्तानले वृद्धावृद्ध र ज्ञानपूर्ण गुरुको सेवा गरून् भक्तिले एकैनास सभक्तिले पढिरहून् कैलाश पञ्चानन पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन।

Nepal Telecom ad

झाँक्रीखोले :

देखिन्छन् सतिसालको रुख सरी छिप्पिन्छ भित्री चुरो
हेर्दा ती विदुषी , महर्षि , गुरुजी दृष्टान्त बन्छन् सुरो
खाई देश विदेश शेष जिजुका भोटा गनिन्थे जुन
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन।।

सेतै केश फुलेर तालु खुइले ज्ञानी महाविज्ञ छन्
मार्कण्डेय महर्षिझैँ तप निधे योगादि सर्वज्ञ झन्
त्यो आकर्षण पैत्रिकी चलनको शास्त्रीय निष्ठा छुन
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन।।

त्यागेनन् रण,बुद्धि, कौशल दिए आँटी थिए उत्तम
हाम्रो उन्नतिको मुहान झरिलो पार्दै जपे ॐ नमः
आमाले दुध बाबुले खुन दिँदा आचार्य दिन्छन् गुण
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन।।

विद्या ज्ञान बढाउँदै सुपथमा शिक्षा र दीक्षा दिने
चेलाको भविता प्रचण्ड सविता चम्काउँदै अल्पिने
ती सच्चा गुरु भीष्म वा भृगु तथा हुन् बुद्ध, द्वैपायन
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन।।

छन् वैज्ञानिक बाबु वा गुरु कुनै प्लेटो,रुसो हुन् सुरु
गार्गी,सत्यवती अगाडि अहिले छन् राधिकाजी गुरु
यो नौलो युगमा अथाह गुरुका वाणी जपून् वा धुन
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन।।

माटो हात लिएर राष्ट्र शिरमा राखेर सन्तानले
वृद्धावृद्ध र ज्ञानपूर्ण गुरुको सेवा गरून् भक्तिले
एकैनास सभक्तिले पढिरहून् कैलाश पञ्चानन
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन।।

०००
झापा
२०८२।१२।०२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

सरला पाेखरेल सरू
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
असारे भाका गाउँछन् पाका खेतमा झरेर

असारे भाका गाउँछन् पाका...

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x