साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लघुकथा कृति ‘अभियान चिबाखं’ सार्वजनिक तथा स्रष्टाका कविता वाचन

सिर्जना अभियान समाजद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा कवि योगेन्द्र प्रधान, समाजका अध्यक्ष धनमान श्रेष्ठ र ध्रुव मधिकर्मीले ‘अभियान चिबाखं’ को संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

Nepal Telecom ad

काठमाडौँ ।  लघुकथा कृति ‘अभियान चिबाखं’ को सार्वजनिक तथा स्रष्टाका कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

सिर्जना अभियान समाजद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा कवि योगेन्द्र प्रधान, समाजका अध्यक्ष धनमान श्रेष्ठ र ध्रुव मधिकर्मीले ‘अभियान चिबाखं’ को संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

मधिकर्मीले सानो आकारको कथाले पनि जीवनको एउटा विशेष क्षणलाई उजागर गर्न सकिने भएकाले नेपाल भाषामा लेखिएका लघुकथा पाठकसम्म पुर्‍याउन कृति निकालिएको बताउनुभयो ।

कृतिमा ७८ जना स्रष्टाद्वारा लिखित समसामयिक सन्दर्भका लघुकथा सङ्गृहीत छन् । नेपाल भाषाका वरिष्ठ कवि योगेन्द्र प्रधानले एउटा निश्चित सङ्ख्यामा कविहरूले कविता वाचन गर्दा श्रोतालाई कविताप्रति अझ रुचि जाग्ने बताउँदै दुई कविता वाचन गर्नुभयो ।

स्रष्टा माणिकबाबु ग्वंग, नवीनप्रकाश श्रेष्ठ, विपिन बनेपाली, कृष्णमोहन जोशी, सुरेन्द्रलाल भुजू, ओमनरहरि श्रेष्ठ, कृष्णप्रसाद दुमरु, ज्ञानकेशरी श्रेष्ठ, मिमला शर्मा र पदमा खयरगोलीले समसामयिक विषयका कविता वाचन गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x