साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा. संजीव उप्रेतीको पछिल्लो पुस्तक ‘संरचनात्मक लाभांश’ को विमर्श

डा. संजीव उप्रेतीको पछिल्लो पुस्तक ‘संरचनात्मक लाभांश’ को विमर्श र अन्तर्क्रिया पद्म कन्या क्याम्पस बागबजारमा सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं । ‘चिन्तन–स्टेसन’को पहिलो शृङ्खलामा डा. संजीव उप्रेतीको पछिल्लो पुस्तक ‘संरचनात्मक लाभांश’ को विमर्श र अन्तर्क्रिया पद्म कन्या क्याम्पस बागबजारमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै समाजशास्त्री तिलक विश्वकर्माले पुस्तकको समीक्षा गर्दै दलित र गैरदलितलाई पक्ष र विपक्षजस्तो बनाइएको छ, यो सर्वथा गलत भएको बताए । उनले जो जसले लाशांभ पाएका छन्, तिनीहरू नै आन्दोलनमा आए मात्र विभेदको अन्त्य हुने जिकीर गरे । उनले भने, ‘मानिसलाई पशुभन्दा तल राख्ने संरचना भत्काउन माथिल्लो वर्ग नै लाग्नुपर्छ । संरचना त दोषी छ, तर तिनका बाहक व्यक्ति पनि दोषी हुन्छन् जसले संरचनालाई निरन्तरता दिइरहेका हुन्छन् ।’

कार्यक्रमका अर्का वक्ता शोभा महतोले महिला सहभागिताको कुरा बारम्बार उठे पनि प्रत्यक्षमा निर्वाचित महिला सांसदको संख्या तीन प्रतिशत मात्र भएको तथ्याङ्क प्रस्तुत गरिन् । उनले भनिन्, ‘प्रदेश र स्थानीय तहमा पनि महिलाको उपस्थिति निकै न्युन रहेको देखिन्छ । मधेसमा त अझ महिलाको उपस्थिति नगन्य छ । संरचनात्मक लाभांश जसको बढी छ त्यसैले पाउने हो ।’

उनले पुस्तकले उठाएको संरचनात्मक लाभांश कम भएको समुदायमा आत्मविश्वास पनि कम भएको कुरा यथार्थ भएको बताइन् । उनले भनिन्, ‘संरचनात्मक लाभांश लिनेलाई असंवेदनशील बनाउँछ । त्यसैले संरचनात्मक लाभांश हुने मानिस नै बढी संवेदनशील हुनुपर्छ ।’

अर्का वक्ता नारायणी देवकोटाले घर घरमा महिलामाथि आशंका गर्ने र अगाडि बढ्न निकै कठिनाई रहेको बताइन् । उनले भनिन्, ‘महिलाको सफलतामा पुरुषले पनि सहयोग पुराउन आवश्यक हुन्छ । जानी जानी त कसैले पनि हिंसा गरौँ भन्दैनन्, तर संरचनाले त्यस्तो अवस्था सिर्जना गर्छ ।’

अन्तर्क्रियामा उठेका प्रश्नको जवाफ दिदैँ लेखक डा. संजीव उप्रेतीले संरचनात्मक लाभांशको कुरा गर्दा सर्वप्रथम आफ्नो पोजिसन के हो त्यसबारे सोच्नुपर्ने बताए । उनले महिलामाथिको संरचनात्मक हिंसाको अन्त्यका लागि पितृसत्ताका तीन प्रमुख खम्बा आर्थिक र राजनीतिक संरचना, सोचाइ र कानुनको कार्यान्वयनलाई समाधानको विन्दु मान्नु पर्ने धारणा राखे । उनले भने, ‘संरचनात्मक लाभांश पाएको व्यक्ति आफैँ संवेदनशील बने मात्र हिंसाको अन्त्य हुने छ ।’

कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै कार्यक्रम संचालक केशव सिलवालले चिन्तन–स्टेसन’ हरेक महिना सञ्चालन हुने जानकारी दिए ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x