साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो साथीहरू : रङ्ग बिरङ्गका

यो साथी पागल र सद्दे के हो राँचीमा पुर्याएपछि थाहा हुन्छ । धन्न एकपल्ट भए पनि सरकारले जागीर दिन पत्याएछ पो ।

Nepal Telecom ad

विष्णु नवीन :

मेरो साथीहरू रङ्ग बिरङ्गका नै छन् । कोही पुत्ले पाइरे छन् भने कोही राता, काला छन् । कुनै टाटे पाइरे भए कुनै खैरे छन् । कुनै नक्कले भए कुनै साधु छन् । कुनै मूसा लाने साधु बिरालाजस्ता छन् भने कुनैलाई मूर्ति भन्दा हुन्छ । कति आबो न चाबोका कति सेकेण्ड ग्रेटवार टाइपका त कुनै एक्काइसौं सदीमा पुगेका जस्ता छन् । यो पञ्चरङ्गी संसारमा सप्तरङ्गी साथी छन् तर म कुन रङ्गमा पर्छ र साथीहरूले मलाई कुन रङ्गमा खाँद्छन् त्यो त साथीहरूकै विचार । मेरो अडवाङ्गे साथीहरू लेखेर ताना सर्माले साथीहरूको खोइरो खन्दा ताना सर्माको ढाडको करङ सेकिने गरी टीकानाथ शर्माले अर्को अडबाङ्गे साथी वा यस्तै लेखेर झटारो हानेका थिए । घुयेँत्रो ममाथि पनि पर्ला सकभर त ढाड छिपाइसकेको छु, दुःखे पनि दुःखोस् ।

मेरो एउटा साथी छ– म मात्थेँ भनेको त म भन्दा चौविधि मात्छ । अर्ती दियो भने विष हुन्छ र आफैले गाला जोगाउनपट्टि लाग्नु पर्छ। तर गजब छ यो संसारमा साथीलाई न कुनै रोग लागेको छ न कुनै जीउ घटेको छ । सानोमा जस्तो देखेको थिएँ, अहिले पनि उस्तै देख्छु । मिल्न पर्दा मासु काटेर दिन्छ तर छेउ पारेर भन्न र वाद विवाद गर्नु हो भने लारेलुरेले छेउ नपरे पनि हुन्छ । जति अध्ययन गर्दछ त्यो राम्रोसँग मगजमा राख्दछ । परेको बेला ओकल्न पनि सक्छ । कति राम्रो मगज ! तर होत्तेले बिगार्नसम्म बिगारेको छ । मलाई के बिगार्या हाे  त्तेले ! मलाईभन्दा बढी त्यसलाई बिगार्यो बाङ्गे पानीले ।

एउटा रङ्गी साथी यो भयो अर्को रङ्गी साथी हाँसको भाले झैं ढल्कदै ढल्कदै मसँग भेट्न आइरहन्छ । जतिवेला होते घिच्छ अनि राजनीतिको कुरा गर्नुपर्छ, अरू बेला पर्दैन । साथी मस्तराम छ । एक ठाउँमा खाएर चित्त बुझदैन, घरैपिच्छे चहार्नु पर्छ । म मात्र दिउँसो खाएर दुःख सुखको रस पिउँथे भनेको यो साथी पनि खान्छ । माथिको पहिलो साथीको मनभित्र नदेखिने कुनै संकट, पीर छ । त्यो संकट, पीर कहिले पूरा हुने हो को नि !

जुन साथीको म चर्चा गर्दछु उमेरले मभन्दा धेरै जेठो हो तर साथी नै भन्दा पनि हुन्छ । मेरो भर्खर तन्देरीपन लागेको बेलामा यस जन्तुलाई कहिले रातको बाह्र बजे, कहिले एक बजे बोकेर घर पुर्याउनु पर्थ्यो । त्यसबेला त मान्छे राम्रै लाग्थ्यो तर ज्यादै सन्का कुरा गर्ने हुँदा कस्तो कस्तो लाग्थ्यो, या अर्को हुललाई धमास दिएको पनि होला भनेको त बानी नै त्यस्तो रहेछ ।

यो मास्टर पीस साथी दुईतिर कुरा लगाएर मान्छे बझाउनुजति बाठा छन् घरतिर त्यति नै उम्किन पनि । खान्दानी नै यिनमा यस प्रकारको थियो कि ! बेहोरा सरेको हो होइन त्यो त मलाई थाहा छैन तर मेरो बाजेले घिउ खाएका थिए मेरो हातमा पनि गन्हाइरहेछ, सुँघ सुँघ भन्ने धारणा यिनमा छ र नै एकोहोरो बोलिरहनु, कहिले भल्ब बढे मर्करी बढ्नु र कहिले ब्याट्री सकिए झैँ लुख्रुक्क पर्नु यिनमा विशेषता छ । यो साथी पागल र सद्दे के हो राँचीमा पुर्याएपछि थाहा हुन्छ । धन्न एकपल्ट भए पनि सरकारले जागीर दिन पत्याएछ पो । सरकारले पनि नागरिकताको प्रमाण–पत्र मागे झैँ सद्दे छ कि छैन भन्ने डाक्टरी प्रमाण पत्र मागेको भए यो साथी सय पैसा नै सद्दे छैन भन्नेमा पर्नेथ्यो ।

मेरा साथीहरू कुनै होत्ते खाने भए कुनै नखाने पनि छन् । कोही उमेरले मभन्दा कान्छा छन् कोही जेठा पनि छन् । सँगै उमेर भएका त खास साथी नै भए । छोराछोरी भन्ने खालका र बाजे बराजु भन्ने खालकालाई त मैले साथी भन्न पनि सुहाएन । साथी त्यो हो र यो हो भन्ने परिभाषापट्टि नलागेर जोसँग साथी भाइको जस्तो सम्बन्ध राखिएको छ तिनको मात्र उदाहरण दिने सानो प्रयास हो ।

मोटरको यात्रा वास्तवमा जति प्यार–प्यार बोल्ने मान्छेले होटल, क्लब, बारमा गएर सभ्य भाषामा ’ड्रिंक’ गर्ने मान्छे, रेल, हवाई जहाज, गर्ने जन्तुले जति छिटो साथी बनाउँछ त्यति अरू धुम्धुम्ती ढुङ्गो हो कि मूढोजस्तो बस्नेले बनाउन सक्तैन ।

साथीहरू त धेरै छन् तर खास–खास साथीहरूलाई मात्र म लिन्छु अर्थात जुन साथीमा मभन्दा छुट्टै प्रवृत्ति देख्छु तिनैलाई लिन्छु । अरू साथीहरूलाई अर्कैमा भेट्ने काम गर्छु ।

’विवेचना’ चन्द्रगढी (झापा)
वर्ष १ अङ्क ११–१२ फागुन २०३०

०००
सोझा नवीनका बाङ्गा निबन्ध (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x