
स्यालमा र्याल काढ्दा
कोही भारतीय कुकुर पाल्नमा लागेका छन भने कोही स्याललाई दौडन तालिम दिनेमा राखौं चोथाले नन्दालाई ल्याएर स्यालनीहरूको सिंगार पटार गर्ने काममा राख्नु पर्छ ।

विष्णु नवीन :
मायालु शाक्यज्यू,
हात खुट्टा मिलाएर बिसै औंलाको जदौ ।
स्याल अङ्क बारे लेख्न आएन । एक त तपाईको पत्र पनि स्याल जस्तो छिटो नआएर कछुवा भएर आउने । ‘बल्ल बल्ल पोइ आयो, म राडीलाई जरो आयो’ भने जस्तो यसै बेला कामको पनि चापाचाप पर्यो ।
हुन त म न राडी हुँ न राँडो नै तर उखान भने ठ्याक्कै मिलेको तपाईंको पत्र आउनु मलाई कामले च्याप्नु ठिक्क मिलेन त ? हुन त केही बेला लामो समय भएर पनि लेख्न सकिन्न, भ्याइन्न, त्यस माथि विषय नै दियो भने त लेख्नै पो आउदैन । तै लेख्न आउँछ कि भनी अनेक गमे, बेलुका खाजापानी खाएर पनि कोसिस गरेँ, राती स्याल कराउँछ कि भनी सुनेँ तर भएन । इलाममा स्याल नै मासिए । मेरा कुखुराहरू यो साल स्यालले लगेनन, राती कराएको सुनिन, लेख्न पनि आएन ।
हुन त मान्छे भन्दा स्याल बाठो हुन्छ । कुकुरको सट्टामा स्याल पाल्न पाए अझ स्वामीभक्त हुनेछ । कसैले पाले म पनि पाल्ने पक्षमा किनभने कुखुरा ज्यादै महँगो भएर किनिखान सकिँदैन । एउटा स्याल पालेर तालिम दिए रातदिन कुखुराको कवाफ उडाइन्थ्यो ।
तपाईंले स्यालको मासु खानु भएको छैन होला, मासु ज्यादै मीठो हुन्छ टी.बी. लाग्नेले यो खाए चट्टै निको हुन्छ भन्छन् । सानोमा मैले एउटा फिला एक महिना लगाएर खाएको छु । मासु खाएपछि जनस्के जन्तुको पनि खान हुन्छ नै ्र काठमाडौंको गल्लीको गुहू र मूत गन्हाएर तपाईंको छाती खोक्रो भएको होला । यो साल त स्याल पाइएन अर्को वर्ष गाईजात्राको शुभ अवसरमा सिङ्गै स्यालको सिकटी काँधमा बोकेको देख्नु भएकै होला अर्काको देशतिर । कति खानुहुन्छ च्याङ्ग्राको मासु ! कहिले कहिले खाई हेर्नोस् न स्यालको मासु तब चाल पाउनु हुन्छ ।
मलाई त के लाग्छ भने जगली पशुहरू पनि कुनै राष्ट्रिय पशु भए भने स्याल हुनुपर्छ र स्याल मार्न निषेध गरिनुपर्दछ जसरी आज गाउँ फर्कको नाउँमा कर्मचारीहरू आफ्नो–आफ्नो घरमा गएर सुतेर आउछन् त्यस्तै स्याल दिवस मनाएर स्यालको सिङ ल्याउन लगाउनु पर्छ । किनभने स्यालले हुई … याँ गर्दा स्यालको सिङ फुत्त निस्कन्छ अरे । त्यसवेला ल्याप्प समात्यो भने सिङ हात पर्छ भन्छन् । भन्छन् के भएर नै हो भनेको होलान् सिङ ल्याउने काम गराइयो भने घर गएर पञ्चायतको सिफारिस गराउनेहरूको गाउँ खुस्कन्छ । स्याल घरघरै ल्याएर पालिन्छ । कतिवेला कराउँछ भनी टाउकोमा हात राखेर बसिरहनु पर्छ अनि देख्छन् बाबुको बिहे ।
स्यालको मासु पनि खानु हुने भएकोले मासु पनि सस्तो हुन्छ । कुखुराले बारी पनि सखाप गर्छ । कुखुराको वंशै सकिने थियो । मान्छेले अनि खाने थिए स्यालकै अण्डा । जसरी आज कुखुरा फार्म, गाई फार्म छ त्यस्तै स्याल फार्म खोलिनु पर्छ । यसो गर्दा बोलीको पनि सुरक्षा मासुको पनि छेलोखेला हुनेछ । स्याल त बाठो हुन्छ, अरू जन्तु पनि फकाएर ल्याउँछ, मान्यो खायो । किन खानु पयो इन्दिरा मर्का पीठो र माओ मार्सी चामल ? किन चाहियो च्याङ्ग्रा र भेडा ? यसमाथि श्री ५ को सरकारले निश्चय नै ध्यान दिनेछ भन्ने मलाई सय पैसा नै विश्वास छ । आशा नभए पनि भरोसा छ । मासु नखानेले मासु खान पर्दछ । खेतीपाती नगर्ने र स्याल मात्र पालेपछि खान करै लाग्छ । कृषिप्रधान देश नभएर पशुप्रधान देश देश हुनेछ । संसारमा नाम पनि चल्छ एउटै मात्र पशुप्रधान देश भनेर तर हाम्रोमा करङ मात्र देखिने गरी जसरी गाई पालिन्छ त्यसरी पाल्न भने हँुदैन । सुँगुरलाई मोटो पारँ अझ कट खुवाएर मोटो पार्नु पर्दछ ।
चितुवा पछि दौडनुमा स्याल नै होला । भारतको मिल्खा सिंहलाई ल्याएर दौडनुमा तालिम गराइयो भने चितुवा भन्दा छिटो दगुर्ने हुन्छ स्याल । मिल्खा सिंहको काम पनि त छैन होला हिजो आज । कोही भारतीय कुकुर पाल्नमा लागेका छन भने कोही स्याललाई दौडन तालिम दिनेमा राखौं चोथाले नन्दालाई ल्याएर स्यालनीहरूको सिंगार पटार गर्ने काममा राख्नु पर्छ ।
अब त त्यो बुढी भएर रिटायर हुने बेला पनि भयो नन्दाले सिंगार पटार गर्छ अनि पठाउनु पर्छ विश्वसुन्दरी प्रतियोगितामा स्यालनीहरूलाई । नन्दाको काम स्यालनीहरू रहुन्जेल हुनेछ स्यालनीहरूको टट्टी सोर्ने, पानी ठीक पारिदिने, खाना पकाउने जम्मै काम जति किनभने भारतमा त तरुनी हुन्जेल त काम छ बुढी भएपछि भीख माग्नुपर्छ वा त बाँदर नचाऊ भालु नचाऊ ।
हामीले यति काम दिए बैगुनीलाई गुनले मारिनेछ र त्यसको एलसिसियन कुकुरले स्यालनीहरूको पहराको काम गर्नेछ । विचरी दुई जिब्रे नन्दालाई वेश्याखानामा बुढी भएपछि किन पठाउनु हगि शाक्य ज्यू ! अब त नन्दा डेट एक्पायर इन्जेक्सन जतिकै हो । स्यालभन्दा छिटो त भारतीयहरू छन् किनभने गोजी काटनु, गुण्डा गायब गर्नुदेखि लिएर टाइगर बाम र लाइवन बामसमेत दलेर छक्याउँछन् तर बलमा भन्नु हुन्छ भने गनेउला जति पनि छैनन् । तिनीहरू सँगसँगै सानाे–सानो करायो भने चुप्प लाग्छन् । मनको ढक उचालेर छटाकमा पुग्छन् । त्यसैले त अंग्रेजले दल्नसम्म दल्यो मेकालेले यस्तो मगज छोडिदिएर गयो अझै पनि त्यही छ, त्यही नै रहोस् पनि ।
अँ… स्यालको कुरामा भारतमा पुगिएछ । यो जातिलाई गाली होइन तर अर्ती है अनुहारलाई हैन बेहोरालाई मात्र भनेको अरे नि ।
धेरै के लेखौं तपाईं आफै पनि जानिफकार हुनुहुन्छ । मलाई भन्दा तपाईलाई स्यालको बारेमा बढी ज्ञान होला । किनभने हामी सुन्छ नेवारको भनाइ– ’वागमती पारी स्याल करायो हामी घ्याम्पा मित्र वयो र टखार निकाल्यो ।’ तपाईं लुक्नु हुन्न होला भन्ने मलाई एक रुपियाँमा नै विश्वास छ । तै लुक्नु भएछ भने खबर गर्नुहोला । हाम्रोमा त चिठी पन्ध्र दिनमा आइपुग्छ आ.वा. पाँच छ दिनमा । हवस् त यत्तिकै !
०००
‘अर्पण गाईजात्रा अङ्क’, २०२६ वर्ष ५. अड़क ४, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest