साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेजप्रकाश श्रेष्ठको कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ लोकार्पित

ठमेलमा आयोजित एक कार्यक्रममा भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ रोदन, प्रा.डा.कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा र कवि श्रेष्ठले उक्त कृति सार्वजनिक गरे ।

Nepal Telecom ad

काठमाडौँ । अग्रज साहित्यकार, कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ को लोकार्पण सम्पन्न भएको छ ।

शुक्रवार चिवहाल, ठमेलमा आयोजित एक कार्यक्रममा भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ रोदन, प्रा.डा.कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा र कवि श्रेष्ठले उक्त कृति सार्वजनिक गरे ।

प्रमुख अतिथि अग्रज साहित्यकार,कवि भूवनहरि सिग्देलले नेपाली साहित्यमा श्रेष्ठको पदचापमा हिँड्ने प्रेरणा सबै कवि साहित्यकारले पाएको बताए । उनले सुन्दर नियात्रा र संस्कृतिमा कलम चलाउने श्रेष्ठले जागिर छोडे पनि कलम नछाडेको भन्दै उनको सक्रियता र क्रियाशिलता देखेर आफुलाई इष्या लागेको बताए । उनले भने, ‘कल्पनाले विलक्षण कवि बौलाउँछ, त्यसमा तर जोड दिँदा सुन्दर कविता जन्मिन्छ । साहित्य भनेको नेपाल हो,साहित्य भनेको भाषा हो, यसलाई छोड्ने हो भने देश गुम्छ । हामी स्रष्टाहरु अबैतनिक ढंगले देशको सेवा गरिरहेका छौं । तेजप्रकाशबाट अरु पनि कृतिहरु जन्मिउँन ।’

अर्का वक्ता श्रीओम श्रेष्ठ ‘रोदन’ ले भने, ’साहित्य र नियात्रा साहित्यमा मात्र नभएर संस्कृतिमा पनि सक्रिय योगदान गरेका स्रष्टा तेजप्रकाशको नाम झिकिदिने हो भने अधुरो रहन्छ । उनको कविताप्रतिको प्रेम पनि उच्च रहेछ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममका कृतिमाथि परिचर्चा गर्दै प्रा.डा.लामिछानेले भने, ‘नियात्राकारमा उच्च छवि बनाएका श्रेष्ठको कविता विधामा द्धन्द्ध,छ, सन्त्रास छ,द्धन्द्धका पीडाबाट भयवित जनमानस,कोरोना कहर, दिवंगत आफन्तप्रतिको श्रद्धा सुमन रहेको छ ।’ उनले संस्कृतिका विभिन्न अध्ययन अनुसन्धान गरेका कविले संस्कृतिका विभिन्न विषयहरुले कवितामा विषयवस्तु बनेका बताए ।

अर्का चर्चाकार प्रदीप सापकोटाले सशस्त्र द्धन्द्धकालीन समयको त्रासदी,सर्वसाधारण मान्छेका मनोदशा, नेपाली राजनीतिका विकृति,नेताहरुको स्वार्थ र आम जनताका निराशालाई कविले कवितामा विषयवस्तु बनाएको बताए । उनले भने, ’कोरोना लगायतका प्राकृतिक विपत्तिहरु, मानवीय संवेदनाका विभिन्न पक्षहरु, आफन्तहरुको शोक, प्रकृतिप्रेम र पर्याचेत,अग्रज स्रष्टाहरुप्रतिको सम्मान, ह्रासोन्मुख संस्कृति जस्ता विषयहरुमा कवि तेजप्रकाश श्रेष्ठको कलम चलेको छ । प्रायः कविताहरु प्रतिकात्मक रुपमा आएको बताउँदै सापकोटाले कवित्व समसामयिक चेतका बलिया खम्बा हुनुहुन्छ। उमेरको प्रौढतासँगै कविताहरु देखिएको छ । कतिपय कविताहरुमा बिम्ब, प्रतिक र अलंकारहरुको प्रयोग भएका छन् ।’

कृतिकार श्रेष्ठले भने, ‘मैले लेखेका कविता कविता हुन कि होइनन् मलाई नै थाहा छैन् ।’ विश्वास नलागेर साथीभाइलाई देखाउँदा कविता बनेको छ भनेर उत्प्रेरित गरिदिनाले यो कृतिको रुपमा आएको बताए ।

कार्यक्रममा कविहरु सुमन थापा, संगम, विश्व सिग्देल र अग्रज सञ्चारकर्मी एवं लेखक राजेश खनालले जाँगरको कल्पबृक्षका कविताहरु बाचन गरे ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रामसुन्दर देउजाले गरेका थिए । कार्यक्रममा पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तव्य राखेका थिए ।

जाँगरको कल्पवृक्षलाई सुनकोशी बाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।

०००
प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x