साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्वाँट एण्ड म

कहिले-कहिले झोंक चल्दा घ्याम्पाभित्र अर्थात् आमाको पेटभित्र पसे झैँ पसिरहन पनि मन लाग्छ । के गर्नु म लखपति भए पसिरहने पनि थिएँ तर भातै खान पुग्दैन अनि म निराश छु ।

Nepal Telecom ad

कीर्तिशेष विष्णु नवीनकाे सालिक, इलाम

ट्वाँटका धेरै नाम छन् । कसैले खाजा भन्छन् भने कसैले होते । कसैले रक्सी भन्छन् भने कसैले बांगेपानी । कसैले के भन्छन् भने कसैले के ! अर्थात जति मान्छे छन् त्यतिनै नाम राखेको सुनिन्छ । संसारमा आज ट्वाँट कसले खाँदैन ? मेरो एउटा प्रश्न अमेरिकाको राष्ट्रपति, जसले निग्रो भन्ने जातिलाई सताएको छ त्यसले पनि खान्छ भने लेखक कविहरूलाई लेख्न स्वतन्त्रता नदिने रुसको प्रधानमन्त्री कोसिजिनले पनि घिच्छ । यस्ता ठूला भनाउँदाहरूले घिच्छन् भने सर्वहारा, काम नपाउने व्यक्तिहरूले किन खान छोडछन् ?

यो ट्वाँट अहिलेदेखि खान शुरु भएको होइन । चारै वेद लेखिंदा पनि सोमरस भनी ऋषि-मुनिहरू खान्थे भनेर लेखिएको चाल पाइएको छ । आज सोमरस के हो भन्दा खेरी ट्वाँटलाई नै मानिन्छ । त्यसो त आजको युगमा हिरोइन, मारिजुयना, एल.एस.डी.पनि निस्किएको छ । मैले भने यी पदार्थ चाख्न पाएको छैन कुनै दिन मौका परेछ भने चाखौँला ।

मैले पनि जीवनमा नेपाली हिप्पी नै भएर गाँजा, भाङ, अफिम, घोट्टा सबै खाएको छु । तीन वर्षको मेरो बेकारीले गर्दा मैले विहान उठ्नासाथ एकमाना ट्वाँट खाएकै हुनुपर्छ र लेखक कविहरू नखाइकन लेख्न सक्दैनन् तर यो कुरो म कुनै लेखक कवि हुँ भनी दाबी गरेको होइन तर देखेर नै हो । ट्वॉट पदार्थ अचम्मकै हो । यो खाएपछि कोही बेला रोमान्स शुरु हुन्छ भने कोही बेला झगडा, कोही बेला राम्रो गफ आउँछ भने कोही बेला छाड़ा । कतिपय यो खाएपछि तरुनीपट्टि लम्कन्छन्, कोही आफ्नै कोठामा सुत्छन् । हाम्रै आँखा अघि ठूला भनाउँदाहरूले झगडा गरेको पनि देखिएको छ । यही ट्वाँट खाएर संसारमा अनेक घटना पनि भएका छन् । यस बारे पछि लेखौंला ।

मैले एम.ए. पास गरेको भए म यही ट्वाँट विषयमा पी.एच.डी. गर्ने थिएँ । यही ट्वाँट खाएर झगडा गर्नेहरू सम्बन्धी खबर छाप्दा निकै छलफल भएको छ सम्बन्धितसँग । म माते भने घरमा सुत्छु । कहिले कहिले सडक, पेटीतिर पनि सुतिन्छ घरको ओच्छयान जस्तै लागेर । तर एउटा कुरो पाएँ भनेर घ्याम्पाभित्र पस्दिन । कहिले-कहिले झोंक चल्दा घ्याम्पाभित्र अर्थात् आमाको पेटभित्र पसे झैँ पसिरहन पनि मन लाग्छ । के गर्नु म लखपति भए पसिरहने पनि थिएँ तर भातै खान पुग्दैन अनि म निराश छु ।

हुन त ट्वाँट खाने, जुवा खेल्ने तास खेल्ने आदिलाई दुई चार रुपियाँको कहिल्यै हर्जा हुँदैन । यो मेरो तीन वर्षको अनुभव हो । ट्वाँट एउटा मजाको चीज हो यो खानुपर्छ तर खाएर ल्याङफ्याङ हुनु हुँदैन यही मेरो विचार छ । कसैले मेरो मुखमा हेरेर खानु हुँदैन भनी भन्छ भने पहाडे रक्सी नपाए भट्टीमा गएर सोफी खाइन्छ । म नखाइकन बस्न सक्दिनँ । जीवनभरि म खाइरहन्छु । अहिलेलाई यति नै ।

०००
विवेचना चन्द्रगढी वर्ष २, अङ्क १, (२०३१)
‘सोझा नवीनका बाङ्गा निबन्ध’ २०७८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x