साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रिय मेरो तलब तिमी कहिले बढ्छौ ?

तिमी नबढ्दा आफ्ना पनि अर्कैका हुन्छन् नजिकका टाढा हुँदै पराई जान्छन् तिमी बढ्ने भए पो सम्बन्ध बढ्दै जान्थ्यो तिमी सुध्रने भए पो मन सुध्रदै जान्थ्यो ठुलो रुख मुनिको झार भयौ तिमी ।

Nepal Telecom ad

कमल घिमिरे :

प्रिय मेरो तलब तिमी कहिले बढ्छौ ?
स्वास्नीको माग घण्टा घण्टामै बढ्छ
छोरा छोरीले मिनेट मिनेटमै माग्छन्
खाद्यान्नको भाउ बढ्या बढ्यै छ
तिम्रो भाउ घट्या घट्यै छ
बढेको भाउ, भएको तलब कहिले मिल्छौ
प्रिय मेरो तलब तिमी कहिले बढ्छौ ?

श्रीमतीको गनगन साथीभाइको कचकच पर्छ
महिना मर्न पाउदैन घरधनीले भाडा तिर भन्छ
उठे खर्च सुते खर्च, मुते पनि खर्च बढ्छ
साथीभाइको अघि चिया खाउँ भन्न लाज लाग्छ
सबै कुरा मिलाउन हम्मेहम्मे पार्छौ
प्रिय मेरो तलब तिमी कहिले बढ्छौ ?

महँगी ह्वातै बढ्छ, तिमी पुड्कै हुन्छौ
हेप्छन् मलाई सबैले, तिमी चुप रहन्छौ
तिमी आउनु अघि खर्च पहिला आउँछ
तिमी सुस्तरी आउँछौ, महँगी हुरी जस्तै आउँछ
तिमी सपनामा बढ्छौ विपनामा हराउँछौ
हामीलाई सधैं रुवाएर तिमी के पाउँछौ ?
प्रिय मेरो तलब तिमी कहिले बढ्छौ ?

बजार भाउले आकाश छुन्छ, तिमी पातालमै हुन्छौ
छरछिमेकी माथि पुग्छन्, म जहाँको त्थहीँ हुन्छु
तिमीलाई बढाउन हर प्रयाश बिफल हुन्छन्
तिमीलाइ माथि बनाउन सबै सपना अधुरै हुन्छ
अनि मेरो मन अर्कैतिर बटारिन थाल्छ
जागीर बढ्दैन मरिहत्ते किन पढ्छौ
प्रिय मेरो तलब तिमी कहिले बढ्छौ ?

तिमी नबढ्दा आफ्ना पनि अर्कैका हुन्छन्
नजिकका टाढा हुँदै पराई जान्छन्
तिमी बढ्ने भए पो सम्बन्ध बढ्दै जान्थ्यो
तिमी सुध्रने भए पो मन सुध्रदै जान्थ्यो
ठुलो रुख मुनिको झार भयौ तिमी
नसप्रिने भयौ कहिल्यै, पछिपछि हट्छौ
प्रिय मेरो तलब तिमी कहिले बढ्छौ ?

बाबु आमाले आफ्ना सन्तानलाई सानै देख्छन्
मेरो सन्तान तिमी, जति बढे पनि सानै देख्छु
तिम्रा हरेक जन्म दिनमा सबै खुसी साट्छन्
जति छौ, तिमी छौ र पो जीवन मसँगै छ
तिम्रो मनसँग मेरो मन मिल्न किन गाह्रो मान्छौ
प्रिय मेरो तलब तिमी कहिले बढ्छौ ?

०००
फिदिम न.पा- १, पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x