साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताज्यूलाई स्वागत छ

युवा विदेशिन विमानस्थलमा लागेको लामो लाइन देख्नुभो बेरोजगारीको ताँती देख्नुभो, नेपाल आमाको आँसु देख्नुभो नागरिकका झुपडीहरूलाई मतपेटीका देख्नुभो

Nepal Telecom ad

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा सान्त्वना  पुरस्कार प्राप्त कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

आउनुहोस् नेताज्यू हाम्रो गाउँमा स्वागत छ
खै कुन चुनाव जितेर जानु भाथ्यो
जनताको मन जितेर जानु भाथ्यो
नैतिकताको सिमा मिचेर जानु भाथ्यो
आफ्ना कार्यकर्ता पोसेर जानु भाथ्यो
गरेका वाचा घोकेर जानु भाथ्यो
समस्याको पोको बोकेर जानु भाथ्यो
त्यो चुनाव जितेर यो चुनाव ढुकेर आउनुभा छ
आउनुहोस् नेता ज्यु हाम्रो गाउँमा स्वागत छ ….।

खुसी छौं नेताज्यू, हर क्षेत्रमा तपाईंले नै जित्नुभो
चुनाव जित्नु भो, विकास नगर्ने बाजी जित्नुभो
बलत्कारीको मन जित्नुभो, नखुलेको कालो धन जित्नुभो
भ्रस्ट प्रतियोगीता जित्नुभो, भाउ बढाउने कसरत पनि जित्नुभो
सुनको लुकाछीपी जित्नुभो, अपराधी लुकाउने खेल जित्नुभो
रौसीको झोल जित्नुभो, युवतीको मोल जित्नुभो
करोडौंको कमिसन जित्नुभो, लाज पचाउने स्वभाव जित्नुभो
यस्ता महान खेलाडी हाम्रै ठाउँमा आउनुभाछ
आउनुहोस् नेताज्यू हाम्रो गाउँमा स्वागत छ…. ।

तपाईं नहुँदा कसैको गाँसबासै रोकिएको छ
साइँलीको भट्टीमा भोटे ताल्चा ठोकिएको छ
गाउँका खसी कुखुराले तपाइँलाई नै पर्खिएका छन्
चुनावतिर खाएका मुख अझै रसाउँदै छन्
तपाईंको पछि लागेका खुट्टाहरु अझै झमझमाउँदै छन्
तपाईंको तमासा हेरेर छिमेकी बेस्मारी रमाउँदै छन्
धन्न नेता परमेश्वर घुमीफिरि हाम्रै ठाउँमा आउनभा छ
आउनुहोस् नेताज्यू हाम्रो गाउँमा स्वागत छ…. ।

गाउँ ख्याउटे भो, तपाईं दरै मोटाउनु भएछ
गाउँ गरिब भो, तपाईं धनी हुनु भएछ
तपाईंलाई सबैले चिन्छन्, गाउँलाई कसैले चिन्दैनन्
गाउँमा विकास भएन, तपाईंको राम्रै विकास भएछ
गाउँको मुहार फेरिएन, तपाईंको कलकलाउँदो भएछ
चुनावी घोषणा हामीले बिर्सेनौं, तपाईंले बिसंनुभएछ
आफन्त मात्र सम्झनुभयो, हामीलाइ सम्झनुभएन
आज त्यही अनुहार लिएर हाम्रा ठाउँमा आउनुभा छ
आउनुहोस् नेताज्यू हाम्रो गाउँमा स्वागत छ … ।

जनतालाई सास्ती दिनुभो आफूले मस्ती लिनुभो
भ्रस्टाचारको खोल ओढी महङ्गीको उपहार दिनुभो
पेट्रोलियम पदार्थ लाउने हैन सुङ्दै हिँड्ने पार्नुभो
जनताले नचाहेको कुरामा हात धोएर लाग्नुभो
आफ्नै स्वार्थ पूरा गर्न रातभरी जाग्नुभो
हाम्रो दुख देख्न नसक्ने आदरणीय नेताज्यू
त्यही दुख हेर्न करोडौंको भ्युटावर बनाएर आउनुभा छ
आउनुहोस् नेताज्यू हाम्रो गाउँमा स्वागत छ…..।

तपाईंले बनाको भ्युटावर चढेर के के देख्नुभो नेताज्यू
दुइ छाक टार्न धौ धौ पर्ने गरिवीको पीडा देख्नु भो
महंगीले आकाश छोएको रमाइलो दृष्य देख्नुभो
युवा विदेशिन विमानस्थलमा लागेको लामो लाइन देख्नुभो
बेरोजगारीको ताँती देख्नुभो, नेपाल आमाको आँसु देख्नुभो
नागरिकका झुपडीहरूलाई मतपेटीका देख्नुभो
यति राम्रो संसार देखेर मुस्कुराउँदै आउनुभा छ
आउनुहोस् नेताज्यू हाम्रो गाउँमा स्वागत छ….. ।

०००
पाँचथर
९८४२७१३८४३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x