साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिक्रीमा नागरिकता

वाधा विरोध जति नै गरियोस् ममाथि पार्टी छ साथ अगुवा मतियार साथी मुद्धा परोस् कि नपरोस् बुझ भोलि पर्सी फत्ते तमाम अब काम गरूँ नतर्सी !!

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

जन्मी छिमेकतिर आज सुटुक्क आई
खोज्दैछु नागरिकता अब किन्नलाई
छन् रे बजार सजिलै सबथोक मिल्ने
छैनन् विदेशतिरको अनुहार चिन्ने !!

नाता प्रमाणित नहोस् डर छैन कत्ति
पैसा छ साथ यदि ता सब मिल्छ जत्ति
के भो र नागरिकता जब किन्न पाएँ
ढाँटेर आज यसरी म यता रमाएँ !!

मेरो छ नागरिकता भन किन्छ कोही ?
ढुङ्ग्रो छ लाज अब मान्दिन माग्न मोही
बेचेर जान्छु सजिलै म विदेश ताकी
व्यापार गर्छु अब यो मुलुकै नराखी !!

गोजी भरेर धनले अब विश्व घुम्छु
कैदी छ नागरिकता म स्वतन्त्र हुन्छु
सस्तो छ दाम अब बेच्न बजार आएँ
बेचेर नागरिकता धन यो कमाएँ !!

वाधा विरोध जति नै गरियोस् ममाथि
पार्टी छ साथ अगुवा मतियार साथी
मुद्धा परोस् कि नपरोस् बुझ भोलि पर्सी
फत्ते तमाम अब काम गरूँ नतर्सी !!

आफ्नै छ भाइ भतिजो प्रहरी बनेको
झन् माथिबाट सहयोग रहोस् भनेको
पक्रेर आज लगिए म छिटै लतार्छु
मेरा विरुद्ध जति छन् म अचार पार्छु !!

०००
मेचीनगर, झापा
हाल- बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x