सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिक्रीमा नागरिकता

वाधा विरोध जति नै गरियोस् ममाथि पार्टी छ साथ अगुवा मतियार साथी मुद्धा परोस् कि नपरोस् बुझ भोलि पर्सी फत्ते तमाम अब काम गरूँ नतर्सी !!

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

जन्मी छिमेकतिर आज सुटुक्क आई
खोज्दैछु नागरिकता अब किन्नलाई
छन् रे बजार सजिलै सबथोक मिल्ने
छैनन् विदेशतिरको अनुहार चिन्ने !!

नाता प्रमाणित नहोस् डर छैन कत्ति
पैसा छ साथ यदि ता सब मिल्छ जत्ति
के भो र नागरिकता जब किन्न पाएँ
ढाँटेर आज यसरी म यता रमाएँ !!

मेरो छ नागरिकता भन किन्छ कोही ?
ढुङ्ग्रो छ लाज अब मान्दिन माग्न मोही
बेचेर जान्छु सजिलै म विदेश ताकी
व्यापार गर्छु अब यो मुलुकै नराखी !!

गोजी भरेर धनले अब विश्व घुम्छु
कैदी छ नागरिकता म स्वतन्त्र हुन्छु
सस्तो छ दाम अब बेच्न बजार आएँ
बेचेर नागरिकता धन यो कमाएँ !!

वाधा विरोध जति नै गरियोस् ममाथि
पार्टी छ साथ अगुवा मतियार साथी
मुद्धा परोस् कि नपरोस् बुझ भोलि पर्सी
फत्ते तमाम अब काम गरूँ नतर्सी !!

आफ्नै छ भाइ भतिजो प्रहरी बनेको
झन् माथिबाट सहयोग रहोस् भनेको
पक्रेर आज लगिए म छिटै लतार्छु
मेरा विरुद्ध जति छन् म अचार पार्छु !!

०००
मेचीनगर, झापा
हाल- बेलायत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वर्तमान नेपाल

वर्तमान नेपाल

दुष्यन्त भट्टराई
लाग्छौ तिमी ईश्वरझैँ मलाई

लाग्छौ तिमी ईश्वरझैँ मलाई

दुष्यन्त भट्टराई
बङ्करबाट विलौना

बङ्करबाट विलौना

दुष्यन्त भट्टराई
वर्तमान नेपाल

वर्तमान नेपाल

दुष्यन्त भट्टराई
मेरा लागि व्रत नबस

मेरा लागि व्रत नबस

दुष्यन्त भट्टराई
प्यारी र दाह्रीको जुहारी

प्यारी र दाह्रीको जुहारी

दुष्यन्त भट्टराई
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही