साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानकाे १५८ औँ नियमित काव्यगाेष्ठी

कविगोष्ठी संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि डिल्लीप्रसाद मूलतिहूनकाे प्रमुख आमन्त्रित्वमा सम्पन्न भयाे ।

Nepal Telecom ad

काठमाडाैं । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १५८ औँ नियमित  कविगोष्ठी संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि डिल्लीप्रसाद मूलतिहूनकाे प्रमुख आमन्त्रित्वमा सम्पन्न भयाे । कार्यक्रममा विशिष्ट अतिथि दुर्गाप्रसाद सिगदेल हुनुहुन्थ्याे ।

उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वछन्द कविता, सुसेली, लोकछन्द, मुक्तक रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए । कविता सुमधुर लयमा सर्जकले सुनाए ।

यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने डिल्लीप्रसाद मूलतिहून (अनुष्टुप- राष्ट्रिय तस्कर), दुर्गाप्रसाद सिग्देल (स्रग्धरा – वसन्त गाउँछे ), जगदीश्वर पोखरेल (भुजङ्गप्रयात – घमण्डी सलाई), वासुदेव ठकुरी (सवाई- मानवता) सूर्यकुमार पण्डित ( पृथ्वी – ज्येष्ठ महिना), द्वारिका कुइँकेल (सवाई – खल्ती चोर), सुधा बाँस्कोटा ढकाल ( इन्द्रवज्रा – गणतन्त्रको शुभकामना), दुर्गा रिमाल अधिकारी (सोह्र क्षरी लोकलय – बुबा), बिनुबाबा घिमिरे भण्डारी (शार्दूलविक्रीडित – फर्कन्छु पक्कै घर), चन्द्रा न्यौपाने (सुसेली – हुन्न आत्तिन ), गङ्गा भण्डारी भद्र स्रोता हुनु हुन्थ्यो ।

प्रमुख आमन्त्रित डिल्लीप्रसाद मूलतिहून अनुपम सिर्जना प्रतिष्ठान नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो । स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको छ भन्नु भयो ।

उहाँले भाषाको उन्नयनमा योगदान पुऱ्यायाइरहेको छ भन्नु भयो । आज वाचित कविताको जुन छन्दमा सर्जकले रचना गरेका छन् । सोही छन्दमा समीक्षा गर्नु भएको थियो । प्रमुख आमन्त्रित मूलतिहूनको कविता विशिष्ट तिथि दुर्गाप्रसाद सिग्देलले सुन्दर किसिमल समीक्षा गर्नु भएको थियो ।

गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।

कविगोष्ठी संयोजन कुशल किसिमले संस्थाकी महासचिव सुधा बाँस्कोटा ढकालले गर्नु भएको थियो ।

०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x