साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो अड्डामा

कमिसन चाहिन्छ कि नजराना भेटी, दस्तुर या उपहार कोसेली, सौगात, कुम्लो, पोको सबै चढाउन तयार आफू बने देश बन्छ आफैंलाई बनाउनु छ ।

Nepal Telecom ad

नवराज कार्की :

हाम्रो अड्डामा त हाकिम छन् तीनोटा
एउटा बूढा छन् मोटा
दाग लागेका खोटा
अफिसबाट घर ओसार्थे रे
टोयोटा होस् या लोटा
अर्काको आँखा लागेर अचेल
अलि पाखा लागेका छन्
त्यति जाँगर पनि छैन उनलाई
तीन पुस्तालाई पुग्ने गरी
पहिल्यै खाएका छन्

एउटा अर्का छन् छोटा
बरु उनी पो जागेका छन्
थैली चढाएर, नाता सोझ्याएर
त्यै ठाउँमा मागेका छन्
मुद्दा पनि हालेका छन्
तारेख धाउँदै छन् विचरा
दिनभरि सुत्छन् कुर्सीमै
सपना भए रे अधुरा
बरबराउँछन् नीदमै, तर
सपना हुँदैनन् पूरा

बहालवाला छन् अस्थायी हाकिम
कोठामै लगाउँछन् नारा
मानौं उनले बोकेका छन्
यो देश बनाउने अभिभारा
सालो होइन मन्त्रीको
म त जेठान हुँ
यस्तो योग्यता भएपछि
किन हाकिम न हुँ

कमिसन चाहिन्छ कि नजराना
भेटी, दस्तुर या उपहार
कोसेली, सौगात, कुम्लो, पोको
सबै चढाउन तयार
आफू बने देश बन्छ आफैंलाई बनाउनु छ
ल, हेर्नोस् । म बनें कि बनिनँ
विरोधीलाई देखाउनु छ
हाकिम सा’बको त यस्तो इच्छा छ
उहाँको नाममा कहिले आउला
अवकाशको पुर्जी
अरूलाई भने खालि त्यसैको प्रतीक्षा छ
खालि त्यसैको प्रतीक्षा छ ।

०००
एक दनक (२०५९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x