
वास्तविक ऐना
भीडको पुच्छर समातेर हिँड्ने चतुर मान्छे फेरि ठेकादार भन्छ। तब उसले एक प्रकारको शासन गर्ने मौका पाउँछ अनि त्यही बिचार बोकेको भीडले भाषण सुन्नुपर्छ ।

कृष्ण शर्मा सुमु :
बाले भन्थे … मरेपछि स्वर्ग देखिन्छ। म विश्वास गरेर बस्थे।बा मरेर गए स्वर्ग भेटे त होला….फेरि सोच्छु हाम्रो बाउले चै के खानु श्राद्ध गरेको होला। हजुर बाले मरेपछि स्वर्ग देखिन्छ भन्थे।
स्वर्ग भनेको सबै कुरा पाउने होल्सेल दोकान होइन र ? फेरि बा….को पेट नै नभरिने गरि अलिकति काँचो नून, अलिकति तेल, दुइटा आलु थोरै कालो दाल, पानीसरिको काँचो दूध आदि इत्यादि के चढाएको होला। श्राद्ध सकेपछि त्यो चडाएको कुरा फेरि किन खोलामा लगेर बगाएको होला।
स्वर्गमा बाले पाए कि पाएन आजसम्म देखेर आएको कोही छैन भन्दा चै मरेपछि स्वर्ग देखिन्छ भनेर हाम्रो बालाई कसले सुनायो होला।
यो स्वर्ग अनि पृथ्वीको बिचमा एउटा डरलाग्दो खेला छ जसमा हामी प्रत्येक प्राणीलाई त्रास, भय, डर जस्तो कुरा देखाएर संसारमा बाँच्नु परेको कुरा उत्तर आधुनिक युगमा हामी विश्वास गरौँ कि नगरौं भएर आधाकल्चो भएको बेला वास्तविक ऐना हेर्नू खोज्दा धेरै मानिस आधामरौं भएका छन् ।
साँच्चै एउटा प्रश्न मेरो मनमा सधैं आइबस्छ यो वैतरणी नदी भारतको उडिसा जिल्लामा छ। अब समयले यत्रो फटका लगाउँदा पनि गाईको पुच्छर समातेर स्वर्ग पुग्ने रहर पक्का हाम्रो बालाई थियो होला तर मेलामा झमेला भने जस्तो अब हाम्रो बा त वैतरणी नदी तरेर स्वर्ग पुगे होला। तब जापान, अमेरिका, चाइना आदि देशमा बस्नेहरू त कहिले पुग्ने होला। हाम्रो बाले पनि आविष्कार नगरेको चै होइन तथ्य अनि तर्क सहित बाले पृथ्वी च्याटो छ भनेर सुनाए म छक्क परेँ । बारीमा गएर हेर त!पृथ्वी गोलो छ कि च्याप्टो छ भनेर सोधेँ साँच्चै पृथ्वी च्पाटो नै थियो।
पृथ्वी घुम्छ कहिले र ? बाले फेरि अर्को तर्क दिए। यदि पृथ्वी घुम्ने भए हाम्रो पूर्व दिशामा भएको यो तुलसीको मोठ त रातभरिमा दक्षिणमा पुग्नु पर्ने थियो।
मैले पृथ्वी ग्रह, श्राद्ध के के कुरा गरे भनेर के सोच्नु भयो त ? वास्तविक ऐना यही हो। यदि वैतरणी नदी पृथ्वीमा छ भनेपछि स्वर्ग पनि पृथ्वीभित्र नै छ। हामीलाई कसैले अलमल्ल पारेको छ। केहीछिन सोच्नु त ।
हामीलाई चतुरो मान्छेले यताउता गरेर वास्तविक कुरा हटाएको छ।
जसरी नेताले हाम्रोतिर के के कुरा गरेर वास्तविक ऐनादेखि हटाएर घरि पी° पी°एस गरि जनजाति आदि इत्यादि भनेर मुद्दादेखि जहिले भड्काउने काम गरेको कुरालाई नकार्न सक्दिन्दैन।
चलाखी गर्नु पनि कला हो। यही चलाखीले जादुवालाले पेट पालेको छ। पेट पाल्न पनि कला चाहिन्छ। ठूलो माछाले सानो माछा खान्छ ।सानो माछाले कमिला खान्छ। जुन दिन कुवाको पानी सुक्छ नि त्यो दिन कमिलाले माछा खान्छ। मौका आउनु पर्छ चतुरो पनि खाल्डामा पुग्छ।
वास्तविक ऐनाले जहिले उल्टो देखाउँछ। राम्रो मान्छेलाई नराम्रो बनाउने होड चल्छ। जब भीड हिँड्छ तब भीडबाट निस्केर नयाँ बाटो रोज्ने मान्छे जहिले एक्लै हुन्छ। त्यही भीडको पुच्छर समातेर हिँड्ने चतुर मान्छे फेरि ठेकादार भन्छ। तब उसले एक प्रकारको शासन गर्ने मौका पाउँछ अनि त्यही बिचार बोकेको भीडले भाषण सुन्नुपर्छ ।
जब एकताको पाठ आउँछ तब कमिलालाई हामी उदाहरण दिन्छौं। जब चिनीको बट्टाभित्र कमिला पस्छ तब हामी उसको एकताको पाठ भुलेर उसलाई विष दिने काम गर्छौं वा बल्दै गरेको चूलामा उसलाई मार्ने वा भगाउने काम गर्छौं ।
जुन कुराबाट मानिसलाई फाइदा हुँदैन ती कुराहरूलाई हामी हटाउन चाहन्छौं।
कुनै वस्तुलाई जन्माउने अनि मार्ने सृष्टिकर्ता भए ती अबोध कमिलालाई मार्नै पर्ने स्थिति आयो वास्तवमा चिनी पनि मानिसले प्रकृतिबाट उपहार पाएको बस्तु हो जसको मूल्य तिर्नु हामी बाध्य भयौं। तब मानिसले जानेर नजानेर पाप गर्छ।
यदि मानिस पाप पुण्यको भुमरीबाट मुक्त चाहन्छ भने पवित्र मनले गरेको काम जसमा उसको सम्पूर्ण ध्यान, मन, वचन अनि कर्म लागेको हुन्छ।
०००
मिलन मोड, सिलगढी भारत
Subscribe
Login
0 Comments
Oldest