साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबैलाई सुपाच्य

खानु पर्ने जहिले लुकाएरै भन्न नमिल्ने प्याच्च प्याच्च सबैभन्दा पवित्र र सुपाच्य निको पार्ने अर्थ अभावको छटपटी र उकुसमुकुस खाए खा नखाए ठुस् धेरैको प्रिय, पवित्र घुस सबैलाई पाच्य आहा "घुस" !

Nepal Telecom ad

रामदेव पाण्डे :

अपवित्र अशुद्ध भइन्छ
खानु हुँदैन
लसुन, प्याज, कोदो, मसुरो
पवित्र हो गाँजा, भाङ, धतुरो
नखाए पनि अन्नको रासन
जमाएर आसन
टन्न खाए हुन्छ
आकाश ढाक्नेगरी उडाए हुन्छ
राम राम राम
माछा मासुको नलिनु नाम
रहेछ चिज एउटा अर्काे
खानेहरूको सधैँ लर्को
खान नपाउनेका लागि
हुन सक्छ अपाच्य
बोल्न सक्छन् प्याच्च अवाच्य
गन्हाउन सक्छ ठुस् ठुस्
तर अति स्वस्थकर
जिन्दगी सपार्ने हितकर
लिनु पर्ने तर झुकाएरै
खानु पर्ने जहिले लुकाएरै
भन्न नमिल्ने प्याच्च प्याच्च
सबैभन्दा पवित्र र सुपाच्य
निको पार्ने अर्थ अभावको
छटपटी र उकुसमुकुस
खाए खा नखाए ठुस्
धेरैको प्रिय, पवित्र घुस
सबैलाई पाच्य आहा “घुस” !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x