साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ साटौँ स्वर्गसँग नर्क

तिम्रो सत्य त्यो स्वर्ग भयो तिम्रो तिम्रो मिथ्या यो धरती भयो हाम्रो महाराज अब ढिला नगरौँ आऊ एक नयाँ कारोबार गरौँ नठान्नु महाराज यसलाई कुतर्क आऊ साटौँ स्वर्गसँग नर्क ।

Nepal Telecom ad

रामदेव पाण्डे :

रिसानी माफ महाराज
एउटा बिन्ती चढाउँछु
नठान्नु महाराज यसलाई कुतर्क
आऊ साटौँ स्वर्गसँग नर्क
मरेपछि मात्र मिल्ने
स्वर्ग, जन्नत र हेभनकाे भर्याङ
चाहिन्न मलाई तिमी नै समाऊ
हुर, परी र अप्सरासँग
बस, नाच, गाऊ र तिमी नै रमाऊ
मलाई मेरो हक र अधिकार
यहीँ र जीवित छँदै दिलाऊ
स्वर्गको अमृत तिमी नै खाऊ
स्वच्छ पानी म यहीँ खान पाऊँ
एकाधिकार, अग्राधिकार स्वर्गको
राख तिमी नै जे जे पाइन्छ तर
खान नपाई सारङ्गीझैँ खोक्रा
हाम्रा भोका पेटलाई खान्की
सामाजिक समानता र
शिक्षा, सेवा, सत्तामा समान हिस्सा
हामीलाई यतै चाहिन्छ
मरेपछिकाे नर्क देऊ हामीलाई
जीवित छँदैको यताको स्वर्गसँग
सराबरीमा सट्टाभर्ना गरेर
स्वर्गको सबथोक तिम्रै भयाे
जुन पाइन्छ केवल मरेर
मिथ्या हो जीवन यो तिम्रा लागि
सत्य हो यही जीवन हाम्रा लागि
आऊ एक नयाँ कारोबार गरौँ
सत्य र मिथ्या साटासाट गरौँ
तिम्राे मिथ्या हाम्रो सत्य
हाम्रो मिथ्या तिम्रो सत्य
तिम्रो सत्य त्यो स्वर्ग भयो तिम्रो
तिम्रो मिथ्या यो धरती भयो हाम्रो
महाराज अब ढिला नगरौँ
आऊ एक नयाँ कारोबार गरौँ
नठान्नु महाराज यसलाई कुतर्क
आऊ साटौँ स्वर्गसँग नर्क ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x