साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरानीको मूल्य

"हजुरहरूलाई के को डहन राजनीतिमा आएपछि नै कमाएको होला धन सम्पत्ती ?"-रमनले ब्याङ्ग्यात्मक शैलीमा भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“हाम्रो पालो सकिए छ !” मित्रमणीले निरास हुँदै भने।
“होइन के भयो नेताजी किन हरेस खानुभयो ?”- रमनले मित्रमणीलाई उदाश देख्यो र प्रश्न गर्यो।

“के भनौं यो देशलाई सुइजरलैण्ड बनाउने मेरो सपना कत्ती पुरा हुन सकिनँ । त्यही डहन लाग्छ सधैँ मनमा।”-मित्रमणीले भने। ”

“हजुरले चिन्ता नगरेहुन्छ, अब नयाँ पुस्ताले देशलाई अमेरिका बनाउँछु भन्छन्। त्यो पनि त राम्रै कुरा हो होइन र ?”-रमनले नेतालाई सम्झाउँदै भन्यो।

“खै अरूको घरमा आगो लगाएर कसरी बनाउछन् अमेरिका ! भएको सम्पत्ती पोलिहाले अब खै के गर्छन्।”-मित्रमणीले मुख बिगार्दै भने।

“हजुरको पनि घरमा आगो लगाएछन् नि होइन र ?”- रमनले सोध्यो। “हो मेरै त अर्बौंको सम्पत्ती नष्ट गरे यी आतङ्कवादीहरूले।”- मित्रमणीले बङ्गारा किट्दै भने। “हजुरहरूलाई के को डहन राजनीतिमा आएपछि नै कमाएको होला धन सम्पत्ती ?”-रमनले ब्याङ्ग्यात्मक शैलीमा भन्यो।

“होइन कसले भन्छ ? यो त मेरो पुर्खाले आर्जेको सम्पत्ती थियो।”- मित्रमणीले रिसाउँदै भने।

“अनि त्यो घरमा त पैसा लुकाउनु भएको भन्छन् मानिसले त्यो जलेछ भन्ने सत्य होइन र ?”- रमनले केही सम्झे झैं गर्यो र सोध्यो।

“मसँग त नगद थिएन त्यो त पार्टीको चुनावका लागि राखेको रकम सबै स्वाहा भयो।”-मित्रमणीले भने।

“नेताजीले त खरानीको मूल्य निर्धारित गरिसकेका पो रहेछन्।”- रमनले मनमनै भन्यो।

०००
दाङ घोराही १८
१०-१०-२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x