सुरेशकुमार पाण्डेखरानीको मूल्य
"हजुरहरूलाई के को डहन राजनीतिमा आएपछि नै कमाएको होला धन सम्पत्ती ?"-रमनले ब्याङ्ग्यात्मक शैलीमा भन्यो।

सुरेशकुमार पाण्डे :
“हाम्रो पालो सकिए छ !” मित्रमणीले निरास हुँदै भने।
“होइन के भयो नेताजी किन हरेस खानुभयो ?”- रमनले मित्रमणीलाई उदाश देख्यो र प्रश्न गर्यो।
“के भनौं यो देशलाई सुइजरलैण्ड बनाउने मेरो सपना कत्ती पुरा हुन सकिनँ । त्यही डहन लाग्छ सधैँ मनमा।”-मित्रमणीले भने। ”
“हजुरले चिन्ता नगरेहुन्छ, अब नयाँ पुस्ताले देशलाई अमेरिका बनाउँछु भन्छन्। त्यो पनि त राम्रै कुरा हो होइन र ?”-रमनले नेतालाई सम्झाउँदै भन्यो।
“खै अरूको घरमा आगो लगाएर कसरी बनाउछन् अमेरिका ! भएको सम्पत्ती पोलिहाले अब खै के गर्छन्।”-मित्रमणीले मुख बिगार्दै भने।
“हजुरको पनि घरमा आगो लगाएछन् नि होइन र ?”- रमनले सोध्यो। “हो मेरै त अर्बौंको सम्पत्ती नष्ट गरे यी आतङ्कवादीहरूले।”- मित्रमणीले बङ्गारा किट्दै भने। “हजुरहरूलाई के को डहन राजनीतिमा आएपछि नै कमाएको होला धन सम्पत्ती ?”-रमनले ब्याङ्ग्यात्मक शैलीमा भन्यो।
“होइन कसले भन्छ ? यो त मेरो पुर्खाले आर्जेको सम्पत्ती थियो।”- मित्रमणीले रिसाउँदै भने।
“अनि त्यो घरमा त पैसा लुकाउनु भएको भन्छन् मानिसले त्यो जलेछ भन्ने सत्य होइन र ?”- रमनले केही सम्झे झैं गर्यो र सोध्यो।
“मसँग त नगद थिएन त्यो त पार्टीको चुनावका लागि राखेको रकम सबै स्वाहा भयो।”-मित्रमणीले भने।
“नेताजीले त खरानीको मूल्य निर्धारित गरिसकेका पो रहेछन्।”- रमनले मनमनै भन्यो।
०००
दाङ घोराही १८
१०-१०-२०२५
Subscribe
Login
0 Comments
Oldest







































