साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

निर्दोषलाई दण्ड दिने र दोषीलाई उन्मुक्ति दिने हाम्रो देशको सरकारले अरू के जानेको छ ? पहिलेकाले जस्तै गरे अहिलेकाले पनि...

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“हामीले प्रतिशोध गर्दैगर्दैनौं।”- पत्रकारको जीज्ञासाप्रति प्रष्ट पार्दै नेता मखमलीले भने।
“त्यसोभए यसरी उत्ताउलो पारामा छानिछानी किन कोच्दै हुनुहुन्छ ? बरू यसरी घरेलु झग्डामा पर्नुभन्दा कालापानीको मुद्धा सुल्झाउनु पर्थ्यो। एमसीसी खारेज गर्नुपर्थ्यो, नागरिकता विधेयक खारेज खारेज गर्नुपर्थ्यो,पर्देशको संरचना पनि उस्तै छ।”- पत्रकारले केही अरू पनि भन्दैथ्यो। तर भन्दाभन्दै हातको इसारामा नेता मखमलीले पत्रकारलाई रोक्यो।

“हजुरहरूले हामीलाई काम गर्न दिने हो कि यसरी भाका नभाका प्रश्न ठडाएर गर्दागर्दैको काममा बाधा उत्पन्न गराउने हो ?”- मखमलीले पत्रकारलाई हकार्दै भन्यो।

“सर हजुरहरूले सबैभन्दा पहिले नगरिनहुने के थियो ?”-पत्रकारले फेरि सोध्यो। “हिजो त्यत्रो आन्दोलनमा निर्दोष मारिए उनीहरूका अपराधीहरूलाई जेल नहाल्ने ?”- नेता मखमलीले प्रतिप्रश्न गर्यो।

“अवश्य गर्नुपर्छ तर असली अपराधी चिनेर गर्नुपर्यो नि सर ! निर्दोषलाई दण्ड दिने र दोषीलाई उन्मुक्ति दिने हाम्रो देशको सरकारले अरू के जानेको छ ? पहिलेकाले जस्तै गरे अहिलेकाले पनि उस्तै गर्दै हुनुहुन्छ ।”- पत्रकारले केहि उदाहरणहरू दिँदै भन्यो।

“हजुर कुनै बिरोधी पार्टीको व्यक्ति हो। नत्र यसरी घुमाएर प्रश्न गर्न मिल्छ ? ऊ त्यो हिंजो जिम्मेवार हुँदा कतिलाई सतायो त्यो वेला भन त प्रश्न गर्नुभयाे उसलाई ?”- नेता मखमलीले मुठ्ठी पार्यो र चोर औँलाले तिखार्दै भन्यो।

“हो सर ! यहि हो यथार्थ सामुन्ने एउटा, आफूतिर चारौटा “- पत्रकारले उसको हातको फोटा खिच्दै भन्यो।

०००
दाङ घोराही १८
१३ -०१-२०८३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
जेल

जेल

सुरेशकुमार पाण्डे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x