निर्मल पराजुलीआक्रान्त मन
ओ, युध्दनायकहरू ! मलाई एक पटक सोध्न मन छ- भत्केका बाटाहरू कति खनिए ? ढलेका घरहरू कति उठाइए ? गुमेर चुहेका आँसुहरूले कति हत्केला भिजाइए ?

निर्मल पराजुली :
मनबाट मन हटेपछि
खै के हुन्छ मान्छे ?
छदै थिए
जिन्दगीका असीम आस्थाहरू चाहनाहरू
विश्वासमा बग्रेल्ती फूल फुल्दा
यिनै पाखाहरू सुन्दरताका झुम्कासँगै
घाटु नाँच नाँच्थे
मन टुट्यो
आखामा आगाका झिल्काहरू झिल्झिलाए
युध्दले आ हत
मेरो आ गन आगन रहेन
घर,घर रहेन
परिवार,परिवार रहेनन्
खै मेरा कलेजाका टुक्रा छोराछोरीहरू
खै मेरी प्रणयकी मुटु सहचरी ?
खैमेरो हृदयको देवता पतिदेव ?
खै मेरो एक रात निदाउने सानो झोपडी ?
खै मेरो पसिना चुहाउने कर्मस्थल?
कोही छौ ?
छौ भने सुटुक्क मलाई भन
कतै मेरो आगन छोपिएको छ कि ?
घर,म नै झुक्किएर न देखेको हो कि ?
पत्नी,श्रृङ्गारका सामान किन्न
बजार पो गएकी हो कि?
पति,पैसा कमाउन बिदेसियो
वा आली लगाउँदैछ कतै खेततिर ओर्लेर ?
ओ, युध्दनायकहरू !
मलाई एक पटक सोध्न मन छ-
भत्केका बाटाहरू कति खनिए ?
ढलेका घरहरू कति उठाइए ?
गुमेर चुहेका आँसुहरूले कति हत्केला भिजाइए ?
कृपया,
दया गरेर मलाई सुटुक्क भनिदिनुहोस् न है
कतै मेरा यी साथसँगातीहरू
तपाईले देख्नुभयो कि … ??
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































