साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आक्रान्त मन

ओ, युध्दनायकहरू ! मलाई एक पटक सोध्न मन छ- भत्केका बाटाहरू कति खनिए ? ढलेका घरहरू कति उठाइए ? गुमेर चुहेका आँसुहरूले कति हत्केला भिजाइए ?

Nepal Telecom ad

निर्मल पराजुली :

मनबाट मन हटेपछि
खै के हुन्छ मान्छे ?
छदै थिए
जिन्दगीका असीम आस्थाहरू चाहनाहरू
विश्वासमा बग्रेल्ती फूल फुल्दा
यिनै पाखाहरू सुन्दरताका झुम्कासँगै
घाटु नाँच नाँच्थे
मन टुट्यो
आखामा आगाका झिल्काहरू झिल्झिलाए
युध्दले आ हत
मेरो आ गन आगन रहेन
घर,घर रहेन
परिवार,परिवार रहेनन्
खै मेरा कलेजाका टुक्रा छोराछोरीहरू
खै मेरी प्रणयकी मुटु सहचरी ?
खैमेरो हृदयको देवता पतिदेव ?
खै मेरो एक रात निदाउने सानो झोपडी ?
खै मेरो पसिना चुहाउने कर्मस्थल?
कोही छौ ?
छौ भने सुटुक्क मलाई भन
कतै मेरो आगन छोपिएको छ कि ?
घर,म नै झुक्किएर न देखेको हो कि ?
पत्नी,श्रृङ्गारका सामान किन्न
बजार पो गएकी हो कि?
पति,पैसा कमाउन बिदेसियो
वा आली लगाउँदैछ कतै खेततिर ओर्लेर ?
ओ, युध्दनायकहरू !
मलाई एक पटक सोध्न मन छ-
भत्केका बाटाहरू कति खनिए ?
ढलेका घरहरू कति उठाइए ?
गुमेर चुहेका आँसुहरूले कति हत्केला भिजाइए ?
कृपया,
दया गरेर मलाई सुटुक्क भनिदिनुहोस् न है
कतै मेरा यी साथसँगातीहरू
तपाईले देख्नुभयो कि … ??

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
के बिक्दैन यहाँ ?

के बिक्दैन यहाँ ?

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
बृद्धाश्रमको पुकार

बृद्धाश्रमको पुकार

निर्मल पराजुली
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x