साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज फेरि अर्को अभिमन्यू ढल्यो 

शायद उ के के भन्न चाहन्थ्यो तर एउटा आवाज गुन्जियो छोरा तिमीलाई स्तन पान गराउँदा तिम्री आमाको सौन्दर्य बिग्रन्छ आफ्नै आमाको चक्रब्युहमा परेर आज फेरि अर्को अभिमन्यू ढल्यो.... !!!

Nepal Telecom ad

निर्मल पराजुली :

सुखद अनुभूतिको लालीमा प्रतीक्षाले
मुहार पोतिदिँदा
खुशीका छालहरु तैरिन थाल्छन्
हर्षका खहरेहरु बग्न थाल्छन्
ममता रुपी स्नेहको आँगनमा ,
मौनता भङ्ग गर्दै
नौ महिने अँन्धकारको जालो उघार्दै
कलियुगको चक्रब्यूह तोड्न
एउटा अर्को अभिमन्यूको जन्म हुन्छ
पहिलो चक्रब्यूह तोड्नु छ
उस्ले त्यही कोखको
जसबाट उस्ले
यो खुल्ला आकाशमुनि अवतरण गरेको छ
लड्नु छ आफ्नै जननीको सोच बिरुद्द
अब चक्रब्यूह यसरी बुनिन्छ
छोराको बाबा
छोरालाई भोक लाग्ने बेला भयो
बजारबाट दुध ल्याई दिनुस्
आँखा पनि पुरै नउघ्रिएको
अबोध बालकको अनुहार खुम्चियो
मानौ उस्ले केही कुरा बुझ्यो
तर
बुझेर मात्र के गर्ने सामर्थता छैन बोल्ने
आडम्बरको खोल ओडेकी
भर्खरै कोख भरिएकी
पूर्ण नारी भन्न रुचाउने
कलियुगकी जननीले
अप्राकृतिक दुध अनि प्लास्टिकको दुधदानी
बालकको मुखमा राखिदीईन
त्यो प्लास्टिकमा
शायद
अपनत्व भेटेन
ममताको न्यानो स्पर्स
अनुभूत गर्न सकेन
मुखबाट दुध दानी बाहिर फालिदियो
बिस्तारै उस्का आँखा उघ्रिए
चारै दिशा नयन घुमायो
लाग्छ , कसैलाई खोजिरहेछ
एउटा बिम्बमा उस्का नयन टक्क अडिए
त्यो बिम्ब सङ्ग उ परीचित छ
नौ महिना गर्भमा रहदाँबारम्बार सुम्सुमाउने
अपन्त्व देखाउने मानिस चिन्यो उस्ले
उस्का ओठहरूचलायमान हुन थाले
लाग्थ्यो उ केही भन्दैछ
बाबा ..मलाई बट्टाको दुध होइन
आमाको हृदयका अन्तर कुन्तरमा सिर्जित
अमृत चाहिन्छ
म आमाको स्तनपान गर्न चाहन्छु
मैले धेरै चक्रब्यूहरु तोड्नु छ
कलियुगका कङ्स र रावणका
अत्याचारको जालो च्यात्नु छ
अनि
दुई आँखाबाट शान्न्तिको ज्योति छरेर
सत्य युगको स्थापना गर्नु छ
शायद उ के के भन्न चाहन्थ्यो
तर
एउटा आवाज गुन्जियो
छोरा
तिमीलाई स्तन पान गराउँदा
तिम्री आमाको सौन्दर्य बिग्रन्छ
आफ्नै आमाको चक्रब्युहमा परेर
आज फेरि
अर्को अभिमन्यू ढल्यो…. !!!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
के बिक्दैन यहाँ ?

के बिक्दैन यहाँ ?

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
बृद्धाश्रमको पुकार

बृद्धाश्रमको पुकार

निर्मल पराजुली
कलीयुग र साहित्य

कलीयुग र साहित्य

निर्मल पराजुली
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x