साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बृद्धाश्रमको पुकार

यो फोटो त त्यही मानिसको हो जसले तपाईंलाई यहाँ छोडेर गयो हो, उही मेरो छोरा हो म उसैको बाबु हुँ तर, ऊ बाबु बन्न बाँकी छ... !

Nepal Telecom ad

आजबाट तपाईं सुत्ने खाट यही हो
तपाईंका लुगाफाटाहरू
झुन्ड्याउने किल्लाहरू यिनै हुन्
तपाईंले बिहान बेलुका खाना खाने
सिल्बटे थाल यही हो
हरेक शब्दहरूले
मुटु टुक्रा टुक्रा पारिरहेका थिए
तर सहनुको अर्को विकल्प थिएन
मुहारमा ग्रहण लाग्यो
आश्चर्य र दुःखका छालहरू
एकै पटक मडारिन थाले
पीडा बेदनाले छातीमा साम्राज्य जमाउँदा
सास रोकिएला जस्तो भयो
चट्याङ छातीमा बज्रिदा पनि
यति धेरै पीडा हुँदैन होला
जति पीडा उनका नयनबाट
बगेका अश्रुधाराले बताई रहेका थिए
तपाईंका त कोही छैनन्
किन रुनु भयो ?
जब मैले छोरा जन्मिएको खबर सुनेँ
लाग्यो संसारको सबै खुशी मेरो पोल्टामा पर्‍यो
लालन पालन अनि
राम्रो स्कुल पढाउने सपना देख्दा
कुनै दिन बस चडिन मैले
उसलाई सधैं बेलुका मिठाई लानुपर्दा
कुनै दिन खाजा खाइनँ मैले
उसको सुन्दर भविश्यको सपना बुन्दाबुन्दै
कहिल्यै निदाइनँ मैले
न मेरा पाइला थाके
न भोक नै लाग्यो
न नयनहरू लोलाए नै
आफ्ना रहर अनि चाहनाहरू
मनको कुनामा कैद गरेर
केबल उसैको खुशीका लागि
यो अस्थिपन्जर
घोट्दै लगे
खल्तीबाट एउटा फोटो निकाल्दै
मैले देख्ने ठाउँमा
राखी दिनुस् है !
यो मान्छे
मेरो हर धड्कनमा धड्किन्छ
तर तर
यो फोटो त त्यही मानिसको हो
जसले तपाईंलाई यहाँ छोडेर गयो
हो,
उही मेरो छोरा हो
म उसैको बाबु हुँ
तर, ऊ
बाबु बन्न बाँकी छ… !!!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
के बिक्दैन यहाँ ?

के बिक्दैन यहाँ ?

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
कलीयुग र साहित्य

कलीयुग र साहित्य

निर्मल पराजुली
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x