साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलीयुग र साहित्य

चेतनाको ढोका खोल्दैनौ किन साहित्यले समाजको पर्दा उघार्छ पदकका लालचीलाई बुद्धि देऊ ईश्वर ढिलो गर्छौ किन .. ??

Nepal Telecom ad

कर्म गर फलको आशा नगर
भन्छ भागवत गीताले
तिमी कर्ममा
विश्वाश गर्दैनौ किन
साहित्य सिर्जना
समाजको यथार्थ ऐना
त्यही ऐनामा
आफ्नो अस्तित्व
खोज्दैनौ किन
सिर्जनाको सफलतामा
पदकले ढोका खोल्छ
चाकरीमा
गुठी प्रतिष्ठान धाउछौ किन
कलमको निभमा
बर्तमान र भबिष्य छ
बर्तमान निखारे भबिष्य उज्वल
बुझ्दैनौ किन
तिमी साहित्यको ढोङ्गी हौ भने
बजारमा पदक पाईन्छ
किनेर छातीमा भिर्दैनौ किन
यदि तिम्रो स्वाभिमानले
धिक्कार्छ भने
चाकरीमा होइन
कलममा विश्वास गर्दैनौ किन
लक्ष्मीप्रसाद
पदकको पछाडि दौडिएको भए
मुनामदन अमर हुँदैनथ्यो
सिक्दैनौ किन
सिर्जना अमर नभएको भए
आदिकबि भानुभक्तको अगाडि
हाम्रो शिर झुक्थ्यो किन
साहित्यिक पूजाले नै
असल साहित्यको जन्म हुन्छ
चेतनाको ढोका खोल्दैनौ किन
साहित्यले समाजको पर्दा उघार्छ
पदकका लालचीलाई
बुद्धि देऊ ईश्वर
ढिलो गर्छौ किन .. ??

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
के बिक्दैन यहाँ ?

के बिक्दैन यहाँ ?

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
बृद्धाश्रमको पुकार

बृद्धाश्रमको पुकार

निर्मल पराजुली
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x