साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के बिक्दैन यहाँ ?

सबै सबै बिक्छ यहाँ बाबु बिक्छन् आमा बिक्छिन् दाजु बिक्छ भाइ बिक्छ एक पटक गरिब बनेर हेर्नुस त हजुर ।

Nepal Telecom ad

निर्मल पराजुली :

डाक्टर साहब्
यो बिरामीको
यहाँ आफ्नो कोही छैन्
औषधोपचार गर्ने
पैसा पनि छैन
उहाँलाई के गर्ने ?
पैसा बेगर हामी
केही गर्न सक्दैनौँ
यहाँबाट हटाइदिनुस्

एउटा अधबैँसे
गाडीमा हुइकिँदै
पशुपतिको गेट
अगाडि ओर्लियो
सरासर अगाडि बढेर ।

असहाय अनाथहरूलाई
पैसा बाँड्न सुरु गर्‍यो
यसै बीच
त्यो भीडमा एउटा आवाज
गुन्जियो
छोरो
अस्पतालमा उपचार गर्न्
नसकेर फालिएको छ
बाबु
असहाय र अनाथलाई
पैसा बाँड्दै छ
हे
भोले नाथ !
यो कस्तो धर्म हो
यो कस्तो कर्म हो
सम्पन्नताले संस्कार दिन्छ
या
सस्कारले सम्पन्नता
आज रन भुल्लामा परेको छु
हातका औँला बराबर हुँदैनन्
जसको जति दक्षता छ
जसको जति क्षमता छ
उसले त्यति नै पाउने
होइन र ? ?
तर किन्
विभेद गरिन्छ
आफ्ना सन्तानप्रति
जेठोले सम्पतिको लोभमा
गाडीमा सयर गरायो
अनि दुई चार पैसा दियो भन्दैमा
कान्छो
छोरा होइन र ?
आमाको छातीको
एउटा पाटो
जेठोले चुसिरहँदा
अर्को पाटो
कान्छोको सम्झनामा
टन्किनु पर्ने होइन र ? ?
बाबुको
एउटा हात
जेठो छोराले समाइरहँदा
अर्को हातले
कान्छो छोरा
सम्झिनु पर्ने होइन र ??
हो पक्कै हो
तर यहाँ
ममता बिक्छ
कर्तव्य बिक्छ
स्वार्थका खातिर ।

सबै सबै बिक्छ यहाँ
बाबु बिक्छन्
आमा बिक्छिन्
दाजु बिक्छ
भाइ बिक्छ
एक पटक
गरिब बनेर
हेर्नुस त हजुर ।

स्वयम तपाईंकै
आफ्नै पाईला
तपाईंकै
साथ छोडेर
बिक्छ …!!!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
बृद्धाश्रमको पुकार

बृद्धाश्रमको पुकार

निर्मल पराजुली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x