साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरो

तर, आँपको बोट कतै गएन । हामीसँगै छ । आगँनको डिलमा उभिएर हाम्रो सुख-दुःख हेर्छ, वर्षको एक चोटि मिठा फल र गर्मीको बेला शीतल छहारी दिन्छ ।

Nepal Telecom ad

डा. हरिप्रसाद भण्डारी :

छोरो जन्मेकै दिन छोराका बुबाले आँगनको डिलमा एउटा आँपको बिरुवा रोप्नुभयो ।
छोरो र आँप सँगसँगै बढ्दै गए । सन्तानबिना बिरानो भएको घर रमाइलो हुँदै गयो । हामी खुसी भयौँ ।

एक दिन त्यही आँपको रुखमुनि बसेर छोराले भन्यो, “देशमा काम भएन, विदेश जान्छु ।”
हामी केही बोलेनौँ मात्र निराश भयौँ ।

केही दिनपछि छोरो घरबाट हिँड्यो । हामी हेरेको हेर्‍यै भयौँ । रमाइलो घर बत्ती निभेको साँझ जस्तै भयो । आँखाबाट लामो समयसम्म आँसु बगिरहे ।

तर, आँपको बोट कतै गएन । हामीसँगै छ । आगँनको डिलमा उभिएर हाम्रो सुख-दुःख हेर्छ, वर्षको एक चोटि मिठा फल र गर्मीको बेला शीतल छहारी दिन्छ ।

कसैले ‘छोरा कति छन् ?’ भनी सोध्यो भने ‘एक जना मात्रै’ भन्न मलाई अप्ठेरो लाग्छ । सोच्छु— त्यसो भन्दा आँपको बोटले सुन्यो भने के भन्ला ?

०००
तिलोत्तमा-८, रूपन्देही (हाल : गठ्ठाघर, भक्तपुर)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Vibek sharma Gautam
Vibek sharma Gautam
1 year ago

स्वादिला पात्रले बुनेको मिठो लघुकथा ।

Nepal Telecom ad
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
टर्रो पान

टर्रो पान

डा. हरिप्रसाद भण्डारी
आफ्नो मान्छे !

आफ्नो मान्छे !

डा. हरिप्रसाद भण्डारी
मित्रता !

मित्रता !

डा. हरिप्रसाद भण्डारी
उत्कृष्ट कर्मचारी

उत्कृष्ट कर्मचारी

डा. हरिप्रसाद भण्डारी
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
1
0
Would love your thoughts, please comment.x
()
x