साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मित्रता !

“ल हेर्नोस् ।” यसो भन्दै सर्पले भ्यागुतालाई पछाडिपट्टिबाट मुखमा हाल्यो र कुदायो । पर पुगेर भन्यो, “देख्नुभयो त ?” भ्यागुतोले आश्चर्य मान्दै थियो, खेतको आलीमा बसेको फट्याङ्ग्रो देखाउँदै सर्पले भन्यो, “ऊ त्याँ फट्याङ्ग्रो छ खानोस् ।”

Nepal Telecom ad

हरिप्रसाद भण्डारी :

हरियो पहाडको तल उब्जाउ भूमि थियो । त्यहाँ साना-ठुला अनेकौं जीव थिए । एकदिन त्यहाँ एउटा सर्प र एउटा भ्यागुताको जम्काभेट भयो ।

भ्यागुतो डराएर भाग्न खोज्दै थियो, सर्पले भन्यो, “नडराऊ, म तिमीलाई केही पनि गर्दिनँ । हेर, मेरो घाँटी तिम्रो शरीरभन्दा सानो छ । चाहेर पनि म तिमीलाई खान सक्दिनँ । बरु मित्रता गरौँ । दुवैलाई फाइदा हुन्छ ।”
भ्यागुतोले सर्पको घाँटी हेर्‍यो अनि मनमनै विचार गर्‍यो, ‘हो त नि, सर्प ठुलो भए पनि उसको घाँटी सानो छ । मलाई खान सक्दैन । बलियोसँग मित्रता गाँस्यो भने फाइदा नै हुन्छ ।’

दुवै बीच मित्रताको सम्बन्ध गाँसियो । दुवै सँगै बस्न थाले । भ्यागुताले साना कीराफट्याङ्ग्रा खाने भयो । भ्यागुताले खान नसकेका ठूला किराकीरी सर्पले खाने भयो ।

सर्प बोल्दैनथ्यो, भ्यागुतोचाहिँ ट्वाँरट्वाँर गरिरहन्थ्यो । ऊ कराएको सुनेपछि अरू भ्यागुताहरू नजिक आउँथे । सर्पले झुक्याएर खान्थ्यो ।

केही समयपछि त्यस क्षेत्रका भ्यागुता र कीराफट्याङ्ग्रा सकिँदै गए । सर्प र भ्यागुतो भोकै परे ।
एकदिन रुखको छहारीमा बसेको समयमा सर्पले भन्यो, “मितज्यू, तपाईंलाई म मेरो यो मुखले बोकेर पनि हिँडाउन सक्छु ।”
“अँ होला !” भ्यागुताले पत्याएन ।
“ल हेर्नोस् ।” यसो भन्दै सर्पले भ्यागुतालाई पछाडिपट्टिबाट मुखमा हाल्यो र कुदायो । पर पुगेर भन्यो, “देख्नुभयो त ?”

भ्यागुतोले आश्चर्य मान्दै थियो, खेतको आलीमा बसेको फट्याङ्ग्रो देखाउँदै सर्पले भन्यो, “ऊ त्याँ फट्याङ्ग्रो छ खानोस् ।”

सर्पको सहयोग र सदाशयता देखेर भ्यागुतो दङ्ग पर्‍यो । जिब्रो फड्कारेर फट्याङ्ग्रो समात्यो ।
भ्यागुताले फट्याङ्ग्रो निल्दै थियो, सर्पले भ्यागुतालाई लुपुक्क निल्यो ।

०००

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
छोरो

छोरो

डा. हरिप्रसाद भण्डारी
टर्रो पान

टर्रो पान

डा. हरिप्रसाद भण्डारी
आफ्नो मान्छे !

आफ्नो मान्छे !

डा. हरिप्रसाद भण्डारी
उत्कृष्ट कर्मचारी

उत्कृष्ट कर्मचारी

डा. हरिप्रसाद भण्डारी
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x