सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उत्कृष्ट कर्मचारी

वास्तविक कुरा नभनी धर पाएनन् । श्रीमतीका कानतिर मुख लगेर बिस्तारै भने, “आज मातहत कार्यालयमा निरीक्षण तथा छड्के गर्नु छ क्या, त्यसैले ।”

Nepal Telecom ad

हरिप्रसाद भण्डारी :

सधैँ अबेर कार्यालय जाने श्रीमान् आज समयमै कार्यालय जान लागेको देखेर श्रीमती दङ्ग परिन् । उनका मनमा जिज्ञासा पलायो ।

“आज अफिसमा जरुरी काम छ ।” श्रीमानले छोटो उत्तर दिए ।

श्रीमतीका मनमा पलाएको जिज्ञासा झाङ्गिँदै गयो र शङ्कामा परिणत भयो । उनले आफूलाई रोक्न सकिनन् ।

“खाना तयार भएकै छैन । सधैँ अबेर जाने मान्छे आज किन समयमै कार्यालय जान लाग्नुभएको हो कुन्नि ।” गनगन गर्न थालिन् ।

वास्तविक कुरा नभनी धर पाएनन् । श्रीमतीका कानतिर मुख लगेर बिस्तारै भने, “आज मातहत कार्यालयमा निरीक्षण तथा छड्के गर्नु छ क्या, त्यसैले ।”

अप्रत्याशित जवाफ सुनेर श्रीमती छक्क परिन् । लामो सास फेर्दै टाउको घुमाइन् । उनको नजर भित्तातिर गयो, जहाँ केही समय पहिले उत्कृष्ट कर्मचारीका नाताले राष्ट्रप्रमुखका हातबाट श्रीमानले पाएको कनक जडित तक्मा झुण्डिरहेको थियो ।

०००
कात्तिक २३, २०६९
काठमाडौँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
टर्रो पान

टर्रो पान

डा. हरिप्रसाद भण्डारी
आफ्नो मान्छे !

आफ्नो मान्छे !

डा. हरिप्रसाद भण्डारी
मित्रता !

मित्रता !

डा. हरिप्रसाद भण्डारी
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी