साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्कृष्ट कर्मचारी

वास्तविक कुरा नभनी धर पाएनन् । श्रीमतीका कानतिर मुख लगेर बिस्तारै भने, “आज मातहत कार्यालयमा निरीक्षण तथा छड्के गर्नु छ क्या, त्यसैले ।”

Nepal Telecom ad

हरिप्रसाद भण्डारी :

सधैँ अबेर कार्यालय जाने श्रीमान् आज समयमै कार्यालय जान लागेको देखेर श्रीमती दङ्ग परिन् । उनका मनमा जिज्ञासा पलायो ।

“आज अफिसमा जरुरी काम छ ।” श्रीमानले छोटो उत्तर दिए ।

श्रीमतीका मनमा पलाएको जिज्ञासा झाङ्गिँदै गयो र शङ्कामा परिणत भयो । उनले आफूलाई रोक्न सकिनन् ।

“खाना तयार भएकै छैन । सधैँ अबेर जाने मान्छे आज किन समयमै कार्यालय जान लाग्नुभएको हो कुन्नि ।” गनगन गर्न थालिन् ।

वास्तविक कुरा नभनी धर पाएनन् । श्रीमतीका कानतिर मुख लगेर बिस्तारै भने, “आज मातहत कार्यालयमा निरीक्षण तथा छड्के गर्नु छ क्या, त्यसैले ।”

अप्रत्याशित जवाफ सुनेर श्रीमती छक्क परिन् । लामो सास फेर्दै टाउको घुमाइन् । उनको नजर भित्तातिर गयो, जहाँ केही समय पहिले उत्कृष्ट कर्मचारीका नाताले राष्ट्रप्रमुखका हातबाट श्रीमानले पाएको कनक जडित तक्मा झुण्डिरहेको थियो ।

०००
कात्तिक २३, २०६९
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
छोरो

छोरो

डा. हरिप्रसाद भण्डारी
टर्रो पान

टर्रो पान

डा. हरिप्रसाद भण्डारी
आफ्नो मान्छे !

आफ्नो मान्छे !

डा. हरिप्रसाद भण्डारी
मित्रता !

मित्रता !

डा. हरिप्रसाद भण्डारी
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x