साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नो मान्छे !

“हो र बाबु ! अब कसो गर्ने होला ? कस्तो बित्याँस पर्‍यो !” बिमली आत्तिइन् ।“ भगाइहाल्नुपर्छ । म यहाँ आएको देखे भने धेरैले रिस गर्छन् । म तपाईंको आफ्नै मान्छे भएको हुनाले कसैले थाहा नपाउने गरी आएको हुँ ।” गोपालले विश्वास दिलायो ।

Nepal Telecom ad
हरिप्रसाद भण्डारी :
कुटपिटमा संलग्न अभियुक्त फरार भएपछि प्रहरीलाई दवाब पर्‍यो । ‘जसरी पनि समात्नु पर्छ ।’ प्रहरीले योजना बनाए ।
“खत्तम हुने भयो भाउजू ! घाइते मर्‍यो भने दीपकलाई ज्यानमाराको मुद्दा लाग्छ । त्यसैले रातारात टाढा भगाउनुपर्छ ।” बिमलीसँग कानेखुसी गर्दै गोपालले भन्यो ।
गोपाल खै कुन अड्डामा जागिर खान्छ भन्थे । सधैँ वरपर घुम्थ्यो । सबैसँग मिठो बोल्थ्यो । जुलुस वा आन्दोलनका बेला जुलुससँगै मिसिएर हिँड्थ्यो । पढेलेखेका तथा राजनीतिमा लागेकाहरूले उसलाई सरकारी गुप्तचर पनि भन्थे । ऊसँग सतर्क हुन्थे । तर धेरैलाई यो कुरो थाहा थिएन ।
“हो र बाबु ! अब कसो गर्ने होला ? कस्तो बित्याँस पर्‍यो !” बिमली आत्तिइन् ।“ भगाइहाल्नुपर्छ । म यहाँ आएको देखे भने धेरैले रिस गर्छन् । म तपाईंको आफ्नै मान्छे भएको हुनाले कसैले थाहा नपाउने गरी आएको हुँ ।” गोपालले विश्वास दिलायो ।
“पुलिसले थाहा पाए भने के गर्ने होला ?” बिमलीले शङ्का व्यक्त गरिन् ।
“थाहा पाउँदैनन् । तुरुन्त दीपकलाई भेटौँ । परसम्म मै पुर्‍याउँला नि बरु ।”
“हुन्छ बाबु !” बिमलीले लामो सास फेरिन् । “एक जोर लुगा त लगिदिनुपर्ला नि !” यसो भन्दै लुगा खोज्न थालिन् ।
दीपक लुकेको ठाउँमा पुगेर उसलाई भगाउन भ्याउँदा नभ्याउँदै थुप्रै पुलिस आए र घर घेरा हालेर दीपकलाई समाते ।
अर्को दिन रुँदै बिमलीले छिमेकीहरूसँग भनिन्, “गोपाल बाबुले त भगाउन खोज्दै हुुनुहुन्थ्यो नि, त्यै बेलामा कताबाट पुलिस आए र समाते । असत्ती मोराहरू !”
०००
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
छोरो

छोरो

डा. हरिप्रसाद भण्डारी
टर्रो पान

टर्रो पान

डा. हरिप्रसाद भण्डारी
मित्रता !

मित्रता !

डा. हरिप्रसाद भण्डारी
उत्कृष्ट कर्मचारी

उत्कृष्ट कर्मचारी

डा. हरिप्रसाद भण्डारी
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
0
Would love your thoughts, please comment.x
()
x