साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्याय

उता सिंहले ब्वाँसोको काननिर आफ्नो मुख जोडेर साउती गर्‍यो, “धूर्त ब्वाँसा, मृग र जरायोको मासु तँ मात्र एक्लै खाने ? मेरो भाग खै ?”

Nepal Telecom ad

डा. हरिप्रसाद भण्डारी :

ब्वाँसोले अचाक्ली गर्‍यो । वन्यजन्तुका पाठापाठी खाएर बस्नै नसक्ने बनायो ।
मृग, जरायो, खरायो आदि शाकाहारी जनावर बसेर छलफल गरे । ब्वाँसोविरुद्धमा वनका राजा सिंहकहाँ उजुरी गर्ने सहमति भयो ।
“प्रभु ! ब्वाँसोले अचाक्ली गर्‍यो । हाम्रो त वंशै नाश हुने भयो । कारबाही गर्नुपर्‍यो !” सबैले एक स्वरमा बिन्ती गरे ।

जनावरहरूका कुरो सुनेपछि रिसाउँदै सिंहले भन्यो, “ए ! त्यसको त्यत्रो हिम्मत ? पख्, त्यसलाई ठेगान लाउँछु ।”

सिंहको कुरा सुनेर जनावरहरू खुसी भए । आपसमा कुरो गरे, “राजा भनेका राजै हुन् ।”
त्यसपछि सिंह डुक्रियो, “त्यो दुष्ट ब्वाँसोलाई तुरून्त हाजिर गराउनू ।”

सिंहले दुष्ट ब्वाँसोलाई कडा कारवाही गर्छन् भन्ने कुरामा जनावरहरू आशावादी भएका थिए । त्यै बेला टाँगमुनि पुच्छर लुकाउँदै ब्वाँसो हाजिर भयो ।

उपस्थित जनावरहरूले आँखा झिमिक्क नपारी त्यो दृश्य हेरिरहे ।
ब्वाँसो उपस्थित भएपछि रिसले आगो हुँदै सिंहले ब्वाँसोलाई आफ्नो नजिक बोलायो । जनावरहरू झन् उत्साहित भए । उता सिंहले ब्वाँसोको काननिर आफ्नो मुख जोडेर साउती गर्‍यो, “धूर्त ब्वाँसा, मृग र जरायोको मासु तँ मात्र एक्लै खाने ? मेरो भाग खै ?”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छोरो

छोरो

डा. हरिप्रसाद भण्डारी
टर्रो पान

टर्रो पान

डा. हरिप्रसाद भण्डारी
आफ्नो मान्छे !

आफ्नो मान्छे !

डा. हरिप्रसाद भण्डारी
मित्रता !

मित्रता !

डा. हरिप्रसाद भण्डारी
उत्कृष्ट कर्मचारी

उत्कृष्ट कर्मचारी

डा. हरिप्रसाद भण्डारी
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x