साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ती देशघातीले

भ्रष्ट र बेइमानले जरा गाडेका छन् जनता पनि आजभोलि बोल्नै छाडेका छन् बदमासले हाम्रो देशमा सम्मान पनि पाउँछ ठूलो मान्छे बनाइन अनेक ठाउँ धाउँछ।

Nepal Telecom ad

अमर अधिकारी :

नेपाल आमा हुन् मातृभूमि नेपाली सबैको
बचाउन नेपाल एउटै स्वर छ राप्ती र बबैको
मुर्खहरुले रगत चुसे सम्मानित माताको
खाँचो छ यहाँ नेपाललाई बचाउने छाताको।

मासु नै लुछे हड्डी नि दाह्रे ती देशघातीले
सहने छैनन् देशभक्तका पाखुरा छातीले
फटाहा र जालीहरुको बाहुल्यता छ यहाँ
तस्कर र माफियाले मुलुक बन्थ्यो कहाँ।

चरित्र बिक्छ इमान बिक्छ यो हाम्रो देशमा
नेता अनि शासकहरु हुन्छन् अनेक भेषमा
सुख पाउँला भन्दाभन्दै मरिसक्यो आश
खेतबारी बाँझै भए रोकिने हो कि गाँस।

गाई भैँसी पाल्नछोड्दा रित्तो भयो गोठ
चिन्तैचिन्ता भोगिरहँदा सुक्यो हाम्रो ओँठ
युवाहरु विदेश ताक्छन् यता कामै छैन
गुनासाहरु सुनाउदा उसले सुनेको हैन।

कुर्सी सत्ता चाहिएको छ सबै नेतालाई
जागिर यहाँ पाइँदैन शिक्षित केटालाई
भड्खालोमा पारिसके धर्ति मातालाई
तोड्न पछि परेनन् नि आफ्नै नातालाई।

भ्रष्ट र बेइमानले जरा गाडेका छन्
जनता पनि आजभोलि बोल्नै छाडेका छन्
बदमासले हाम्रो देशमा सम्मान पनि पाउँछ
ठूलो मान्छे बनाइन अनेक ठाउँ धाउँछ।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x