
केही फाँकी साइनो
तमस प्रिय मान्छे चुठ्न नसिकेकाे मान्छे सुशासन, हुङ्कार ठुलाे !

डा. छायादत्त न्याैपाने :
१.खुले हृदयी पाना
मुस्कुराए पाखाहरू
रम्य छ वासन्ती बहार ।
२.जुधून् यी दुवै आँखा
बसून् ती वैरीका घाेडा
उठून् श्रमिक हातहरू।
३.कुरै कुराकाे खेती
प्रेम प्रणयकाे खेती
लड्डु फल्ने मनकाे खेती !
४.आहा स्वादिला गफ !
सुखी जीवनका गफ
कर्महीन अल्छीका गफ !
५.जीवन हाँस्ने कर्म
साथ दिने पाकशाला
सुखी हुने निश्छल प्रेम !
६.आँखा खाेल्ने चेतना
सिर्जना सूत्र बहार
सुन्दर देखिन्छ संसार ।
७.आफै व्यस्त छ मान्छे
आफै बिर्सन्छ सत्कर्म
खेदिन्छन् विवेक-इमान ?
८.तमस प्रिय मान्छे
चुठ्न नसिकेकाे मान्छे
सुशासन, हुङ्कार ठुलाे !
९.हटाेस् आश्रयी भाेक
बढाेस् उत्पादन कर्म
खुलाेस् न चेतनाकाे दैलाे ।
०००
पर्वत, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest